‘कागजको एउटा टुक्राले कुनै व्यक्तिलाई परिभाषित गर्न सक्दैन् ।’ चेतन भगत

‘कागजको एउटा टुक्राले कुनै व्यक्तिलाई परिभाषित गर्न सक्दैन् ।’ चेतन भगत

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १९, २०७६

काठमाडौं, एजेन्सी । भारतीय चर्चित लेखक चेतन भगतले आफ्नो १० कक्षाको मार्कशीट ट्विटरमा शेयर गर्दै भनेका छन, ‘कागजको एउटा टुक्राले कुनै व्यक्तिलाई परिभाषित गर्न सक्दैन् ।’ उनले लेखेका छन्, ‘यो मेरो १० कक्षाको मार्कशिट हो । ७६ प्रतिशत प्राप्तांक । मलाई याद छ  कागजको यो टुक्रा जब म १५ वर्षको थिएँ मलाई एकदमै शक्तिशाली लाग्थ्यो । जुनबेला म औसत छात्रको रुपमा थिएँ । तर आज यो अप्रासंगिक भएको छ । म खुशी छु किनकि मैले आफ्नो क्षमता तथा विश्वासलाई कागजको टुक्राले प्रभावित हुन दिइन् । कागजको कुनै पनि टुक्राले तपाईँलाई परिभाषित गर्न सक्दैन ।’ 

चेतनले प्राप्त गरेको अंक यसप्रकारको छ, अंग्रेजीमा ७६, हिंदीमा ४६, गणितमा ९२, विज्ञानमा ९२ तथा सामाजिक विज्ञानमा ७४  । 

चेतन भगतको यो ट्वीट ती माता–पिताका लागि प्रेरणा हुनसक्छ जसले प्रमाणपत्रमा भएका अंकका आधारमा आफ्नो केटाकेटीको क्षमता आंकलन गर्ने गर्छन् ।

एक अनुमानका अनुसार भगतको उपन्यास ७० लाख प्रति बिकेको थियाे । २००८ मा न्युयोर्क टाइम्सले भगतलाई ‘भारतको इतिहासमा सबैभन्दा बढी बिक्री हुने अंग्रेजी भाषाका उपन्यासकार’ को रुपमा मानेको थियो ।

२०१०मा भगतलाई  टाइम मैग्जीनले विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा शामेल गरेको थियो ।