रोहितले तोडे क्रिस गेलको कीर्तिमान

रोहितले तोडे क्रिस गेलको कीर्तिमान
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण २०, २०७६

नयाँ दिल्ली । भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले अन्तर्राष्ट्रिय टि-२० क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान कायम गरेका छन् । 

भारत–वेस्ट इण्डिज शृंखला अन्तर्गतको आइतबार भएको दोस्रो अन्तर्राष्ट्रिय टि-२० खेलमा उनले यो कीर्तिमान कायम गरेका हुन् । उक्त खेलमा उनले तीन छक्का प्रहार गरे । योसँगै उनको अन्तर्राष्ट्रिय टि-२० खेलमा १०७ छक्का पुगेको छ । रोहितले यो कीर्तिमान ९६ खेलमा कायम गरेका हुन् । 

यसअघि यो कीर्तिमान वेस्ट इण्डिजका क्रिस गेलको नाममा थियो । गेलले अन्तर्राष्ट्रिय टि-२० खेलमा १०५ छक्का प्रहार गरेका छन् । गेलले ५८ खेलमा यो उपलब्धि हासिल गरेका छन् । 

अन्तर्राष्ट्रिय टि-२० क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी 

रोहित शर्मा : १०७ 

क्रिस गेल : १०५ 

मार्टिन गुप्टिल : १०३ 

कोलिन मुनरो : ९२ 

ब्रेन्डेन म्याक्कुलम : ९१