शताब्दी पुरुष जोशी अभिनन्दित

शताब्दी पुरुष जोशी अभिनन्दित

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण २०, २०७६

काठमाडौं । शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई अभिनन्दित गरिएको छ ।

रोटरी क्लब ललितपुर, मिडटाउनले सोमबार जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो । 

सम्मान तथा अभिनन्दन ग्रहणपछि नेपालका प्रख्यात संस्कृतिविद् जोशीले आफूलाई सम्झिएकोमा खुसी व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका डा.जोशीलाई क्लबका प्रेसिडेण्ट रमेशसिंह प्रधानले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । 

प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा वरिष्ठ नाट्यविद् प्रचण्डमान श्रेष्ठले जोशीको व्यक्तित्वबारे चर्चा गरेका थिए ।