कुकुरलाई चुम्बन गर्दा गम्भिर संक्रमण

कुकुरलाई चुम्बन गर्दा गम्भिर संक्रमण

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २०, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको ओहायो राज्यकी डग ट्रेनर मेरी ट्रपिकल जंगलमा पतिसँग बिदा मनाउन गएका बेला अचानक बेहोश भइन् । पति मैथ्युले कैंटन स्थित अल्टमैन हस्पिटलमा आकस्मिक मद्दत मागे । मेरीलाई तुरंत आईसीयुमा भर्ना गरियो । उनलाई ९ दिन पछि होश आयो । तर, त्यसबेलासम्म मेरीले आफ्नो हात खुट्टा गुमाईसकेकी थिइन् । मेरीलाई जर्मन शेफर्ड जातको कुकुरले इंफेक्शन गराएको थियो । उनी कैपनोसाइटोफैगा कैनीमोरस ब्याक्टेरिया (कुकुर तथा बिरालोमा पाइने जीवाणु) बाट संक्रमित थिइन् ।

यो भाइरस मेरीलाई आफ्नो कुकुरलाई चुम्बन गर्दा सरेको थियो । मेरी अस्पतालमा ९ दिन लगातार बेहोश भइन् । यस दौरानमा डाक्टरले उनको ८ पटक मेजर अपरेशन गरेका थिए । उनको ज्यान जोगाउनका लागि हामीले उनको हात खुट्टा काट्नुपर्यो, डाक्टरले भने । 

संक्रमित बीमारिका विशेषज्ञ डा. मार्गरेट कोबका अनुसार मेरीको दुर्लभ बीमारी थियो । उनको छालाको रंग बदलिरहेको थियो । घरी रातो हुन्थ्यो त घरी बैजनी । त्यसपछि उनको छालामा रगतका थोप्ला थोप्ला देखिन्थ्यो । यो बिमारीका बारे बुझ्न धेरै कठिन भयो । 

बिमारीको पहिचान नहुन्जेलसम्म पुरा शरीरको डायग्नोसिस गर्नुपरेको थियो । यो समयमा संक्रमण एकदमै छिटो फैलिएको थियो । जो उनको हात, खुट्टा, तथा नाक, कानसम्म पुगेको थियो । रगत जाँच गरेपछि यो बिमारी कुकुरबाट फैलिएको भन्ने पत्ता लाग्यो ।