पूर्वयुवराज्ञी हिमानी शाह पशुपतिमा, साउनको सोमबारमा शिवपूजा

पूर्वयुवराज्ञी हिमानी शाह पशुपतिमा, साउनको सोमबारमा शिवपूजा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २०, २०७६

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार पशुपतिनाथ दर्शन गरेकी छन् ।

उनले साउने सोमबारको अवसरमा पशुपति दर्शन गरेकी हुन् । 

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी शाहले पशुपतिनाथ मन्दिरको गर्भगृहमा झण्डै २० मिनेट पूजा–आराधना गरेकी थिइन् । 

हिन्दू धर्म तथा संस्कृतिमा साउनभरि शिवालयमा गएर शिव दर्शन, पूजन तथा आराधन गर्ने सनातन परम्परा छ । विश्वास के गरिन्छ भने साउन सोमबारमा शिव दर्शन गरेर व्रत बसेमा सबै मनोकामना पूर्ण हुन्छन् । 
हिन्दू धर्मावलम्बीहरूले साउनका सबै सोमबार व्रत बस्ने परम्परा पनि रहेको छ ।  

पूर्व राजपरिवारका सदस्यबाट हिन्दू धर्म तथा संस्कृति अनुसार बेला मौकामा हिन्दू मठ–मन्दिर गई हिन्दू धर्मप्रति उच्च आदर तथा सम्मान प्रकट गर्दा आम नेपाली जनले यसलाई सकारात्मक रूपमा ग्रहण गर्ने गरेको पाइएको छ । 

पशुपति दर्शनपश्चात् हिमानी, छोरी पूर्णिका र छोरा हृदयन्द्रले मन्दिर परिसरमा रहेका तमाम् भक्तजनहरूसँग तस्बिर पनि खिचाएकी थिइन् ।