बढ्यो सरकारी कर्मचारीको तलब

बढ्यो सरकारी कर्मचारीको तलब

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २०, २०७६

काठमाडौं । नेपाल सरकारले सरकारी कर्मचारीको नयाँ तलब निर्धारण गरेको छ । 

अर्थमन्त्रालयले प्रस्ताव गरेको नयाँ तलबमान मन्त्रिपरिषद्ले पारित गरेको छ । अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि साउन १ गतेदेखि कर्मचारीले नयाँ तलबमान अनुसार तलब पाउनेछन् । 

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई साउन १ गते नै लागू हुने गरी नयाँ तलब कायम गरिनेछ । 

निजामती कर्मचारीअन्तर्गत मुख्य सचिव तथा प्रधानसेनापतिको मासिक तलब ६९ हजार ४ सय ८२ रूपैयाँ पुगेको छ । रथीको ६६ हजार ७ सय १० रूपैयाँ पुगेको छ भने उपरथीको ६४ हजार ७ सय २६ रूपैयाँ पुगेको छ ।  

मन्त्रिपरिषद्ले पारित गरेको नयाँ तलबमान अनुसार कसको तलब कति वृद्धि भयो तलको चार्टबाट थाहा पाउन सकिन्छ ।