आंखा झिम्क्याएरै नजिक र टाढा देखिने बायोमेट्रिक लेंस

आंखा झिम्क्याएरै नजिक र टाढा देखिने बायोमेट्रिक लेंस

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २०, २०७६

काठमाडौं, एजेन्सी । क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताले विशेष किसिमको लेंस निर्माण गरेका छन् । जसको मद्दतले आँखा झिम्क्याउँदा नजिक तथा टाढाको वस्तु स्पष्ट देख्न सकिन्छ । शोधकर्ताले यसलाई बायोमेट्रिक लेंसको नाम दिएका छन् । यो लेंस आँखा एकदमै कमजोर भएका र चश्मा लगाउनुपर्ने मान्छेका लागि एकदमै उपयोगी सावित हुनेछ । हाल भने यो लेंसको प्रोटोटाइप मात्र तयार भएको छ । 

इलेक्ट्रो–एक्टिव पोलिमर फिल्मबाट तयार गरिएको लेंस

शोधकर्ताका अनुसार यो लेन्सको प्रयोगले नजिक तथा टाढाको वस्तु हेर्नका लागि केवल आँखा झिम्क्याए मात्र पुग्छ । हेर्दा सामान्य जस्तो लाग्ने यो लेंसमा आर्गनिक टिश्युको साटो इलेक्ट्रो–एक्टिव पोलिमर फिल्मको प्रयोग गरिएको छ । यसमा विशेष किसिमको तारको प्रयोग गरिएको छ जसले करेंट पैदा गर्छ यसले लेंसलाई फैलन तथा खुम्चन सहयोग गर्छ । 

लेंसको प्रयोग पछि दुईपटक आँखा झिम्क्याउँदा टाढाको तथा फेरी यसैगरी दुइपटक झिम्क्याउँदा नजिकको वस्तु स्पष्ट देख्न सकिन्छ । मानिस तथा जनावरले जसरी नजिक तथा टाढाको वस्तु देख्छन त्यही सिद्धान्तमा आधारित भएर बायोमेट्रिक लेंस तयार पारिएको छ । यो लेन्सको प्रयोग भविष्यमा आफैं आँखामा स्थान बनाउन तथा रोबोटिक आईका रुपमा पनि तयार गर्न सकिनेछ । 

शोधकर्ताका अनुसार लेंसको प्रयोगमा मानिसमा हुनुभन्दा अघि अन्य धेरै प्रयोगबाट गुज्रिनु पर्नेछ । २०१४ मा सर्च इंजन गुगलले पनि स्मार्ट कन्ट्याक्ट लेंसमा काम शुरू गरेको थियो । यो लेंस लगाउने मधुमेह रोगिको आंसुबाटै ग्लुकोजको स्तर पत्ता लगाउन सकिने थियो । तर २०१८ मा यो यो योजनामा रोक लगाइयो ।  

शोधकर्ता शेंगकियांग काईका अनुसार आँखा झिम्क्याउँदा नै यसले संकेत दिइसकेको हुन्छ । जब मानिस निद्रामा हुन्छ तब पनि आंखामा इलेक्ट्रोअक्यूलोग्राफिक क्षमता हुन्छ । आंखा चिम्लिएका बखत पनि केही मासिनले आफ्नो आंखाको नानी चलाउँदै इलेक्ट्रोअक्यूलोग्राफिक सिग्नल दिइरहेका हुन्छन् ।