‘हार्ट फेल’ को उपचारमा ‘स्टिम सेल’

‘हार्ट फेल’ को उपचारमा ‘स्टिम सेल’

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २०, २०७६

काठमाडौं, एजेन्सी । लंडन स्थित क्याम्ब्रिज विश्वविद्यालय शोधकर्ताले ‘हार्ट फेल’ को उपचारमा ठूलो सफलता हात पारेको कुरा नेचर बायोटेक्नोलोजी नामक पत्रिकामा प्रकाशित एक रिर्पोटमा जनाइएको छ । विश्वविद्यालयका शोधकर्ताले स्टिम सेलको प्रयोगद्वारा मुटुको क्षतिग्रस्त भागलाई ठीक गर्ने सफलता पाएका हुन् । 

शोधकर्ताले मुसाको नराम्ररी क्षतिग्रस्त मुटुको उपचार गर्नका लागि मानव मुटुको विभिन्न भागबाट लिइएको दुई प्रकारको स्टिम सेल प्रत्यारोपण गरेका थिए । जसले आश्चर्यचकित परिणाम दियो । यो विधिको मद्दतले मुटुको नष्ट भएका मांशपेशी तथा रक्तनलीलाई  पुनर्जीवित गर्ने काम गर्यो । 

स्टिम सेलको व्यापक प्रयोग 

चिकित्सा विज्ञानमा स्टिम सेलको उपयोग व्यापक हुँदै गएको छ । जसमा क्षतिग्रस्त तथा मृत ‘टिस्यु’ लाई पुनर्जीवित गर्ने क्षमता राख्छ । यसले कोशिका, हड्डी, मांसपेशी, तंत्रिका, छाला, अंग तथा शरीरका ‘टिस्यु’ को आकारमा विकसित हुन सक्नेछ । 

यी रोगीहरु लाभान्वित हुन सक्छन् 
स्टिम सेल थेरापीले ढाडको हड्डीमा लागेको चोट, अल्जाइमर, पार्किंसंस, हार्ट अट्याक, क्यान्सर जस्ता रोगीलाई फाइदा पुग्ने अनुमान गरिएको छ । 

मानवमा विफल प्रयोग
पहिले मुटुको मांसपेशीको कोशिका मानव हृदयमा प्रत्यारोपण गर्ने कोशिश विफल भएको थियो । किनकि कोशिका केही दिनमा मरेका थिए । तर, सहायक कोशिकासँग जोडिएका कारण हृदयका कोशिका विकसित हुन तथा परिपक्व हुन मद्दत गर्यो र नयाँ   ‘टिस्यु’ बन्यो ।