स्मरण–शक्तिः कमी भए नभएको कसरी थाहा पाउने ?

स्मरण–शक्तिः कमी भए नभएको कसरी थाहा पाउने ?

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  स्वास्थ्य  |  श्रावण २०, २०७६

हामीले दैनिक जीवन यापनमा गर्ने क्रमामा विभिन्न काम  गर्नुपर्ने हुन्छ । यसरी काम गर्दा हामीलाई स्मरण–शक्ति नभइ नहुने विषय हो अथवा स्मरण–शक्तिको अति आवश्यक हुन्छ । जहाँ जान्छौं, जे गर्छौं र जस्तो कार्य योजना बनाएपनि कार्य सम्पन्न गर्नको लागि आफ्नो बुद्धि–विवेकको प्रयोग गर्नुपर्ने हुन्छ । स्मरण–शक्तिले बुद्धि–विवेकलाई टेवा दिने का वा मद्दत पुर्‍याउने गर्दछ । त्यसैले स्मरण–शक्तिको महत्व मानिसको जीवनमा नभइ नहुने विषय हो । 

मानिसले काम गरिरहँदा कहिलेकाहीँ केही कुरा बिर्सिन्छौं । यसरी बिर्सने कारण विभिन्न हुनसक्छ । त्यतिबेला लाग्न सक्छ– स्मरण–शक्तिमा कमी आयो । तर, त्यो हुनु स्मरण–शक्तिमा कमी आएको नहुन पनि सक्छ । केही समयको लागि बिर्सिएको मात्रै हो । केही समयपछि त्यो चिज सम्झना आइहाल्न पनि सक्छ । 

मानिसले काम गरिरहँदा कहिलेकाहीँ केही कुरा बिर्सिन्छौं । यसरी बिर्सने कारण विभिन्न हुनसक्छ । त्यतिबेला लाग्न सक्छ– स्मरण–शक्तिमा कमी आयो । तर, त्यो हुनु स्मरण–शक्तिमा कमी आएको नहुन पनि सक्छ । केही समयको लागि बिर्सिएको मात्रै हो । केही समयपछि त्यो चिज सम्झना आइहाल्न पनि सक्छ । 

यो बिर्सिने रोग नलागेको पनि हुनसक्छ । धेरै काममा अलमल भएर केही समयको लागि बिर्सेकोजस्तो भएको मात्र हो, उदाहरणको लागि: तरकारी पकाउँदा कहिलेकाहीँ नुन राख्न बिर्सेने, कोठाको साँचो राखेको ठाउँ याद नहुने इत्यादि । 

उदाहरणका लागिः तरकारी पकाउँदा कसैको फोन आयो वा अन्य कुरामा अलमलियो भने एकाग्रपन भंग हुन्छ । त्यतिबेला तरकारीमा नुन राख्यो कि राखेन भन्नेबारे याद नहुन सक्छ । वास्तवमा दिमागले एकै पटक धेरै काम गर्दा त्यसमा एकाग्रताको कमीले बिर्सिएको मात्र हो । यसमा स्मरण–शक्तिको कमी नै भएको भन्न मिल्दैन । 

विद्यार्थीहरुमा कसरी स्मरण शक्ति बढाउनेः 

कुनै पनि विषय सुरुमा पढ्दा बुझ्न गाह्रो हुन सक्छ । त्यसलाई दोहोर्‍याएर पढ्ने र मुख्य–मुख्य बुँदाहरू टिपेर राख्ने । सकिन्छ भने छोटकरीमा सांकेतिक शब्द बनाउने, जसले गर्दा सम्झिन सकियोस् । 

दोस्रोमा जुन विषय पढेको हो, त्यसमा आफैले प्रश्न बनाउने र त्यसमा आफैले फेरि उत्तर दिन प्रयास गर्ने र लेखेर पढेमा र उत्तर दिने बानी गरेमा झनै सम्झिन सजिलो हुन्छ । उत्तर दिने बेलामा मुख्य–मुख्य बुँदा सम्झेर दिएमा सम्झिन सजिलो हुन्छ ।  

जुन विषय पढेको हो, त्यसलाई राम्रोसँग बुझेपछि मात्रै अर्काे विषयमा प्रवेश गर्नुपर्छ । 

आफूले आफूलाई नै जाँच गर्ने । जे विषय पढ्न सकियो अन्त्यमा त्यस विषयको मुख्य बुँदालाई सम्झेर के–के राम्रोसँग बुझ्यो भनेर एकपछि अर्को सम्झिँदै जाने अथवा त्यसलाई लिखित रूपमा टिपेर राख्नाले स्मरण–शक्ति लामो समयसम्म रहिरहने हुन्छ ।