लद्दाख बन्ने भाे भारतको कान्छो राज्य

लद्दाख बन्ने भाे भारतको कान्छो राज्य

लोकसंवाद डेस्क  |  समाचार  |  श्रावण २०, २०७६

भारतको केन्द्रीय सत्ताको सरकार प्रमुख नरेन्द्र मोदीले ऐतिहासिक निर्णय गर्दै उच्च हिमाली क्षेत्र लेह लद्दाखलाई केन्द्र शासित राज्यको मान्यता प्रदान गर्ने भएका छन् ।  यस  भारतामा विगत ७० वर्ष देखि दिल्लीसँग यो माग गर्दै आइरहेका थिए । 

नरेन्द्र मोदी सरकारले ऐतिहासिक निर्णय गर्दै जम्मु काश्मिर राज्यलाई प्राप्त विशेष प्रावधान अनुच्छेद ३७० हटाउने घोषणा गर्नुका साथै यस राज्यलाई दुई भागमा विभाजित गरेको छ । यस अनुसार अब भारतको उच्च हिमाली क्षेत्र लेह लद्दाख जम्मु काश्मिरबाट पृथक भएर छुट्टै केन्द्र शासित राज्य बन्ने भएको छ । 

भारतको उत्तरी भागमा अवस्थित लद्दाख अत्यन्त मनोरम हिमाली भूभाग हो । विश्वभरका पर्यटक वर्षेनी यहाँ घुम्न आउँछन् । लद्दाखको सीमाना चीनको स्वशासित क्षेत्र तिब्बत र पाकिस्तानसँग जोडिएको छ । बौद्ध धर्मीहरुको वाहुल्यता रहेको यस भूभागमा अनेकौं विश्व प्रसिद्ध बौद्ध मठ रहेका छन् । 

पछिल्लो जनगणना अनुसार लद्दाखको कुल जनसंख्या २ लाख ७४ हजार २ सय ८९ रहेको थियो । 

सन् १९७९ सम्म लद्दाख एउटै जिल्ला रहेको थियो । तर, पछि यसलाई दुई जिल्लामा विभाजित गरियो, लेह र कारगिल । 

लेह जिल्लामा बौद्धधर्मीको वाहुल्यता छ भने कारगिलमा शिया मुश्लिमहरुको पछिल्लो जनगणनामा कारगिलको जनसंख्या १ लख ४० हजार ४ सय २ रहेको थियो । चने लेहको १ लाख ३३ हजार ४ सय ८७ ।

प्रसिद्ध सिन्धुनदी यहाँको जीवन रेखा जस्तै हो । लद्दाख पर्यटकहरुका लागि हिमाली स्वर्ग सदृश्य नै हो । भारतका सबैभन्दा अग्ला सडकमार्ग लद्दाखमा नै रहेका छन् ।