अडानको स्थापना दिवसमा ७५ जनाद्वारा रक्तदान

अडानको स्थापना दिवसमा ७५ जनाद्वारा रक्तदान

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २१, २०७६

काठमाडौँ । नेपाल अडिटर्स एशोसिएशन (अडान) ले चौधौं स्थापना दिवस २०७६ साल श्रावण २० गते देशब्यापी रुपमा विविध कार्यक्रम सहित मनाएको जानकारी दिएको छ ।  

सोही उपलक्ष्यमा काठमाडौमा महालेखापरीक्षक टंकमणि शर्माको आतिथ्यमा  रक्तदान र सेमिनार कार्यक्रम सम्पन्न भएको अडानले जनाएको छ । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेस कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, आइक्यानका  अध्यक्ष कृष्ण प्रसाद आचार्यले बोल्नुभएको थियो ।

 सो कार्यक्रममा सबै लेखाब्यवसायीहरु सँगसम्बद्ध सँग संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको  थियो भने  सोही दिन दिउसो NFRS for SMEs, NFRS for NPOs, आर्थिक ऐनमा भएका परिवर्तित अनुसूचीहरु लगायतका  विषयमा सेमिनार तथा गोष्ठि संचालन भएको थियो । सो कार्यक्रममा ३५० जना लेखापरीक्षक तथा लेखापालहरुको सहभागिता रहेको जनाइएको छ । 

कार्यक्रम केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ‘अडान डे’ को अवसरमा आयोजना गरेको रक्तदानमा झण्डै ७५ जनाले रक्तदान र  अडान काठमाण्डौद्रारा प्रकाशित अडान अर्थमाला ३ जर्नलको पनि बिमोचन गरिएको थियो अडानका उपाध्यक्ष तथा प्रचारप्रसार विभागका प्रमुख डोलप्रसाद दाहालले जानकारी दिनुभएको छ ।