बिरामीका लागि म्युजियम थेरापी

बिरामीका लागि म्युजियम थेरापी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २१, २०७६

काठमाडौं, एजेन्सी । क्यानडामा बिरामीको उपचारका लागि म्युजियम थेरापीको नयाँ प्रयोग गरिएको छ जसले बिरामीको अवस्थामा सुधार देखिएको जनाइएको छ । 
यहां डाक्टरले बिरामीलाई म्युजियम निशुल्क घुम्नका लागि फ्री भौचर दिने गरेका छन । ९ महिनामा १८५ भौचरद्वारा ७४० बिरामी लाभान्वत भएका छन् । म्युजियम घुमेर आएपछि बिरामीको अवस्थामा सुधार आएको जनाइएको छ ।

पछिल्लो वर्ष नोभेम्बरमा मोन्ट्रियल म्युजियम अफ फाइन आर्टस (एमएमएफए) को टीमले मेडेसिंस फ्रांसोफोन्स डू क्यानडा (एमएफडीसी)सँग मिलेर यो योजना बनाएको थियो । यस अन्तर्गत डाक्टरले बिरामीलाई म्युजियम भ्रमणको निशुल्क भौचर दिने गरेका छन् । जसले बिरामीमा बाँच्ने उत्साह जागोस र रोग चाँडै ठिक होस । यसले बिरामीलाई केही साइड इफेक्ट पनि नहुने भयो । मोन्ट्रियल म्युजियममा एक जनाका लागि ३१ डलरको टिकट काट्नुपर्छ । तर, डाक्टरको भौचरमा भने ४ जनाले निशुल्क म्युजियम हेर्न पाउने छन् । 

संसारको अनौठो कार्यक्रम 
म्युजियमले प्रदान गर्ने भौचर डाक्टरले चिंता, अवसाद, अल्जाइमर, शारीरिक तथा मानसिक बीमारिसँग जुझिरहेका बिरामी तथा उनका आफन्तजनलाई दिने गरेको छ । डाक्टरले यसलाई संसारको अनौठो कार्यक्रम भनेका छन् । २१ औं शताब्दीमा साँस्कृतिक अनुभवले स्वास्थ्य सुधारमा योगदान दिनेछ भन्ने डाक्टरको विश्वास छ । 

एमएमएफएका कार्यकारी निर्देशक तथा मुख्य क्युरेटर नाथाली बन्डिलका अनुसार, ‘२१ औं शताब्दीमा साँस्कृतिक अनुभवले स्वास्थ्य सुधारमा योगदान दिनेछ भन्ने मलाई विश्वास छ ।’