रगतमा बढेको कोलेष्ट्रोल कसरी घटाउने ?

रगतमा बढेको कोलेष्ट्रोल कसरी घटाउने ?

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  श्रावण २१, २०७६

रगतमा कोलेष्ट्रोल कति हुनु पर्छ भन्ने प्रश्न सर्वसाधारणले चिकित्सकहरुलाई बरावर सोधने गर्दछन् । रगतमा पाइने नराम्रो खालको कोलेष्ट्रोललाई लोडेन्सीटी लाइपो प्रोटिन कोलेष्ट्रोल (LDL-C) र राम्रो लाई हाइ डेन्सीटि लाइपो प्रोटिन कोलेष्ट्रोल (HDL-C) भनिन्छ । रगतमा पाइने अर्को चिल्लो पदार्थ ट्राइग्लिसेरायड (Triglyceride) हो ।

एकसय मिलीलिटर मा १५० मिलीग्राम भन्दा ज्यादा ट्राइग्लिसेरायड हुनु हुदैन । राम्रो कोलेष्ट्रोल (HDL-C) पुरुषमा एकसय मिली लिटर रगतमा ४० मिली ग्राम भन्दा ज्यादा र महिलाहरुमा ५० मिलीग्राम भन्दा ज्यादा हुनुपर्छ । राम्रो कोलेष्ट्रोलले मुटुको रोग हुन दिदैँन । 

नराम्रो कोलेष्ट्रोल (LDL-C)को परिवर्तितरुपले (Oxidised LDL-C) मुटुरोग गराउँछ । मुटुमा रक्त संचार गर्ने धमनीहरुभित्र नराम्रो कोलेष्ट्रोल जमेर रगतका नलीहरुलाई साँगुरो वनाइ दिन्छ जसको फलस्वरुप मुटुमा आवश्यक रक्त संचार हुँदैन । यसरी मुटुमा रक्त संचार कम हुँदा छाति दुख्न थाल्दछ । हिड्दा छाति दुख्नु र आराम गर्ना साथ दुखाइ कम हुने यसको विशेषता हो । यस किसिमको दुखाइलाई अंग्रेजीमा एञ्जाइना ९ब्लनष्लब० भनिन्छ । मुटुमा रक्तसंचार गर्ने धमनीहरु अचानक सांगुरिदा बसी रहेका बेला पनि सहन नसक्ने गरी छातिको बिच भाग दुख्न सक्छ । यसरी नराम्रोसंग अचानक छाति दुख्यो भने हृदयाघात भएको  पनि हुन सक्छ । यस्तो अवस्थामा तुरुन्तै नजिकको अस्पतालमा जानु वुद्धिमानी हुन्छ । भरसक यसरी छाति दुख्ने बिरामीहरुले मुटुरोगको अस्पताल जानु राम्रो हो । 

 मुटुरोग र मुटुरोग गराउन सक्ने कारणहरु नभएका ४० वर्ष भन्दा कम उमेरका पुरुष तथा महिलाहरुमा नराम्रो कोलेष्ट्रोल १००–१२९ मिलीग्रामसम्म हुँदा पनि यसले खासै मुटुमा असर गर्दैन । तर, नराम्रो कोलेष्ट्रोल १३० मिलीग्राम भन्दा ज्यादा हुन दिन हुँदैन । खानामा पहरेज र औषधि प्रयोग गरेर नराम्रो कोलेष्ट्रोललाई नियन्त्रण गर्नु वुद्धिमानी हुन आउँछ । 

नराम्रो कोलेष्ट्रोल (LDL-C) प्रायगरेर एकसय मिलीलिटर रगतमा १०० मिलीग्राम भन्दा कम हुनुपर्छ । १००–१२९ मिलीग्रामसम्म सामान्य १३०–१५९ केही मात्रामा बढेको र १६०–१८९ मिलीग्रामलाई बढेको कोलेष्ट्रोल मानिन्छ ।

 मुटुरोग र मुटुरोग गराउन सक्ने कारणहरु नभएका ४० वर्ष भन्दा कम उमेरका पुरुष तथा महिलाहरुमा नराम्रो कोलेष्ट्रोल १००–१२९ मिलीग्रामसम्म हुँदा पनि यसले खासै मुटुमा असर गर्दैन । तर, नराम्रो कोलेष्ट्रोल १३० मिलीग्राम भन्दा ज्यादा हुन दिन हुँदैन । खानामा पहरेज र औषधि प्रयोग गरेर नराम्रो कोलेष्ट्रोललाई नियन्त्रण गर्नु वुद्धिमानी हुन आउँछ । 

कुन किसिमका महिला तथा पुरुषहरुलाई नराम्रो कोलेष्ट्रोल घटाउने औषधि खान दिनुपर्छ भन्ने विषयमा विशेषज्ञहरुले सल्लाह दिने गर्छन् । यी सल्लाहहरु धेरै अनुसन्धानहरुमा आधारित हुन्छन् । यसर्थ हामीहरु सबैले विशेषज्ञहरुले दिएका सल्लाह मान्नु उपयुक्त हुन्छ । 

अमेरिकाको कार्डियोलजीको कलेज (ACC) र अमेरिकाकै हार्ट एसोसियन (AHA) ले सन् १९१८ मा कुनबेला कस्ता महिला र पुरुषहरुलाई कोलेष्ट्रोल घटाउने ‘स्टाटिन’ समूहका औषधि प्रयोग गर्नुपर्छ भन्ने विषयमा सल्लाह दिएका छन् । ४० देखि ७५ वर्ष उमेर पुगेका एकसय मिलीलिटर रगतमा ७० मिलीग्राम भन्दा ज्यादा नराम्रो कोलेष्ट्रोल (LDL-C) भएका डायवेटिज नभएका मुटुरोग पनि भै नसकेका र १० वर्षभित्र मुटुरोग हुने सम्भावना ७.५ प्रतिशत भन्दा ज्यादा भएका महिला तथा पुरुषहरुले ‘स्टाटिन’ समूहका औषधि आजीवन खान विशेषज्ञहरुले सल्लाह दिएका छन् । रगतमा नराम्रो कोलेष्ट्रोल बढेता पनि भविष्यमा मुटुरोग हुने सम्भावना भएमा कोलेष्ट्रोल घटाउने स्टाटिन समूहको औषधि प्रयोग गर्दा मुटुरोग हुने सम्भावना कम हुन्छ । 

१० वर्षभित्र मुटुरोग हुने सम्भावना चिकित्सकले कम्प्युटरमा वनाइएको प्रोग्राम वाट पत्ता लगाउन सक्छन् । कोलेष्ट्रोलको औषधि खानु पर्ने कुरा थाहा पाउन अथवा खान नपर्ने भविष्यमा मुटुरोग हुने सम्भावनाको विषयमा जानकारी हुनु आवश्यक छ ।

डायवेटिज भएकाहरुलाई हृदयाघात हुने सम्भावना ज्यादा हुन्छ । यसर्थ ४०–७५ वर्ष उमेरका महिला तथा पुरुषहरुको एकसय मिलिलिटर रगतमा ७० मिलीग्रामभन्दा ज्यादा नराम्रो कोलेष्ट्रोल (LDL-C) देखियो भने र यिनीहरुलाई डायबेटिज पनि पनि छ भने, कोलेष्ट्रोल घटाउने औषधि प्रयोग गर्नुपर्छ । कोलेष्ट्रोल घटाउने औषधि चलाउन डायवेटिज भएकालाई भने १० वर्षभित्र मुटुरोग हुने सम्भावना थाहा पाउनु पर्दैन् । मुटुरोग हुन नदिन प्रयोग गरिने औषधिहरु एटोर्भास्टाटिन र रोजु भाष्टाटिन पर्दछन् । एटोर्भास्टाटिन (Atorvastatin) लाई १०–२० मिलीग्राम दैनिक खानु पर्छ भने रोजु भाष्टाटिनलाई ५–१० मिलीग्राम दैनिक लिन सकिन्छ । 

मुटुरोग भैसकेका व्यक्तिहरुलाई फेरी पछि मुटुरोग हुन नदिन एटोर्भास्टाटिन अथवा रोजु भाष्टाटिन आजीवन प्रयोग गर्नु पर्छ । रगतको नराम्रो कोलेष्ट्रोल (LDL-C) लाई भरसक ९० मिनीग्राम भन्दा ज्यादा हुन नदिनु राम्रो हो । मुटुरोग भै सकेका व्यक्तिहरुलाई एटोर्भाष्टाटिन र रोजु भाष्टिाटिनको मात्रा अलिक ज्यादा (High Intensity) दिनुपर्छ । एटोर्भाष्टाटिनलाई ४० देखि ८० मिलीग्राम र रोजुभाष्टाटिनलाई २० देखि ४० मिलीग्रामसम्म दिन विशेषज्ञहरुले सल्लाह दिएका छन् । यति ठूलो मात्रा खान नसक्नेहरुले अलिक कम मात्रामा खान सक्छन् । 

रगतमा ज्यादा कोलेष्ट्रोल हुने केही प्रतिशत महिला तथा पुरुषहरुको कोलेष्ट्रोल घटाउन सजिलो हुँदैन । केही व्यक्तिहरुको ज्यादा कोलेष्ट्रोल हुनुको कारण आनुवंशिक हुन्छ । अर्थात आमा वा मा ज्यादा कोलेष्ट्रोल भयो भने छोरा छोरीमा पनि हुनसक्छ । प्राय गरेर ५० प्रतिशत छोराछोरीमा नराम्रो कोलेष्ट्रोल बढ्छ । यसरी छोराछोरीमा बढ्ने कोलेष्ट्रोललाई सन्तानमा हुने आनुवंशिक रोग (Autosomal dominant) भनिन्छ । हालै सन्तानलाई थोरै हुने आनवंशिक रोग (Autosomal Recessive)    पनि विशेषज्ञहरुले पत्ता लगाएका छन् । 

माथि उल्लेख गरिएको ज्यादा नराम्रो कोलेष्ट्रोल हुने कारण (LDL) कोलेष्ट्रोलको रिसेप्टार (Receptor) प्रभावित भएर भएको हो । LDL Receptor ले कोलेष्ट्रोललाई आफूसंग मिलाएर राख्दा रगतमा कोलेष्ट्रोल ज्यादा हुँदैन । रिसेप्टारमा प्रभाव पर्दा रगतमा नरामे कोलेष्ट्रोल ज्यादा हुन्छ । एक किसिमको प्रभावित रेसेप्टार (Heterozygous) हुने व्यक्तिहरुको भन्दा अर्को किसिमको रिसेप्टार प्रभावित हुनेहरु(Homozygous)  को संख्या धेरै कम हुन्छ । यो अर्को किसिमको आनुवंशिक कोलेष्ट्रोल बढ्ने अवस्थामा नराम्रो कोलेष्ट्रोल धेरै बढेको हुन्छ र यसलाई सामान्य तुल्याउन पनि गाह्रो पर्छ । उल्लेखित सन्तानमा जाने पहिलो किसिमको रोग ५०० जनामा एक जनालाई हुने संभावना हुन्छ भने दोस्रो किसिमको सन्तानमा जाने रोग ३–४ खालमा एक जनालाई मात्र हुन्छ ।

एटोर्भाष्टाटिन अथवा रोजु भाष्टाटिनद्वारा उपचार थालेको २ महिना पछि रगत जाँच गराउँदा नराम्रो कोलेष्ट्रोल घटेन भने Ezetimibe नामक औषधि दिन सकिन्छ । यसले पनि कोलेष्ट्रोल घटाउन सकेन भने अर्को औषधि (PCSK9 Inhibitor) थप्न सकिन्छ । सुइद्वारा दिनु पर्ने र यो धेरै महंगो भएकाले यो ओखतीको प्रयोग भएको पाइदैन । PCSK9 hibibitor   भनेको Alirocumab(praluvent) र  Evolocumab (Repatha)    हो ।  

खाने औषधिहरुको साथ साथै कोलेष्ट्रोल कम हुने खाद्यपदार्थ खानु पर्छ । बढेको तौल कम गराउँदा र नियमित व्यायाम गर्दा पनि नराम्रो कोलेष्ट्रोल कम हुन्छ । परहेजमा बस्दा  र माथि उल्लेख गरिएका औषधि खादा पनि नराम्रो कोलेष्ट्रोल नियन्त्रमा आएन भने र मुटुरोग बढ्दै गयो भने हिजो आज केही अन्य उपायहरु पनि विशेषज्ञहरुले पत्ता लगाएका छन् । यी अन्य उपचारका उपायहरु महँगा हुनका साथै जटिल पनि छन् । यी उपचार पद्धती भविष्यमा प्रचलनमा आउन सक्ने भएकाले यिनीहरुको छोटो जानकारी गराउन चाहन्छु । 

Mipomersen र Lomitapide को प्रयोगद्वारा कोलेष्ट्रोल कम गराउन सकिन्छ ।

 LDL Apophoresis प्रविधिद्वारा रगतलाई छानेर ७० प्रतिशत कोलेष्ट्रोल कम गराउन सकिन्छ । यो प्रविधी धेरै महगो छ र धनी मुलुकहरुले मात्रै यसलाई प्रयोगमा ल्याएको पाइन्छ । 

कोलेष्ट्रोल कम गराउन सानो आन्द्राको शल्यक्रिया (partial ileal bypass) र कलेजोमा रगत लैजाने पोर्टल भेनलाई ठूलो शीरा (Inferior venacava)  मा जोडने शल्यक्रिया (Porto-caval anastomosis)  गर्न सकिन्छ । यी शल्य क्रियाद्वारा LDl कोलेष्ट्रोल घटाउन संभव छ । 

अन्तमा कोलेष्ट्रोल कम गराउने विषयमा भन्नु पर्दा कलेजोको प्रत्यारोपणलाई लिन सकिन्छ । कलेजोको प्रत्यारोपणद्वारा नराम्रा कोलेष्ट्रोल कम गराउन सकिएता पनि यो शल्यक्रिया ज्यादै जटिल हुन्छ । 

यहाँ उल्लेख गरिएका उपचारहरु नराम्रो कोलेष्ट्रोल धेरै बढेका सन्तानमा जाने रोग भएका र मुटु रोगबाट मृत्यु हुने सम्भावना धेरै भएका व्यक्तिहरुलाई उपयुक्त मानिएका छन् ।

याे पनि

कोलेष्ट्रोलको कहानीः खरायाेमा प्रभाव देखिने, कुकुरमा नदेखिने