न्युनतम तापमान माइनस ७० पुग्ने !

न्युनतम तापमान माइनस ७० पुग्ने !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १७, २०७५


               
                                                

ध्रुवीय क्षेत्रबाट उठेको हिम आच्छादित वायुका कारण अमेरीकामा अति चिसो बढेको छ । अमेरीकाको मध्य पश्चिममा अवस्थित इलिनोइ, मिशिगन एवं विस्कन्सिन राज्यमा उसकारण आपतकाल घोषणा गरिएको छ । 

बीबीसीका अनुसार दक्षिणी राज्य एलबामा र जर्जियाका स्थानीय वासिन्दाले यस चिसोसंग जोगिन संघर्ष गर्नु परिरहेको छ । मौसमविदहरुका अनुसार यस क्षेत्रमा हिउँ परेर चीसो अझै बढ्न सक्छ । 
समाचार अनुसार यी राज्यमा बुधवार रातिको तापमान माइनस तीस डिग्री सेल्सियसमा झरेको थियो । यसैगरी उत्तरी डकोटामा भने न्युनतम तापमान माइनस ३७ डिग्री रेकर्ड गरियो । 

अत्यधिक चीसो बढ्नाले यी राज्यका ताल तलैया सबै जमेर मैदान बनेका छन । क्यानडा र अमेरीकाको सीमामा अवस्थित नियाग्राफल्स पनि जमेर वरफमा परिणत भएको छ । चीसोका कारण यी राज्यहरुमा आपराधिक घटना वृद्धि भएका छन् । 

मौसमविज्ञहरुले तापमान अझै खस्किन सक्ने चेतावनी पनि जारी गरेका छन् । उनीहरुका अनुसार तापमान माइनस ७०सम्म पुग्न सक्छ । 

स्मरण रहोस प्राकृतिक रुपमा पृथ्वीमा अहिले सम्मको न्युनतम तापमान अन्टार्टिकामा माइनस ८९ डिग्री रेकर्ड गरिएको छ भने ‘साउथ पोलमा’ यो न्युनतम मापन माइनस ८२ डिग्री मापन भएको छ । अमेरीकाका विभिन्न राज्यमा अहिलेसम्मको न्युनतम तापमान माइनस ६२ डिग्री भन्दा कम रेकर्ड भएको छैन ।