सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन

सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २२, २०७६

नयाँ दिल्ली । भारतीय पूर्व विदेशमन्त्री तथा  भाजपाकी वरिष्ठ नेतृ सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ।

हृदयघातका कारण  २०७६ साउन २१ मंगलबार (६ अगष्ट २०१९) दिन राति उहाँको निधन भएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्।

उहाँलाइ अचानक हृदयघात भएपछि राति सवा १० बजे अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो। तर  अस्पतालले  निधन भएकाे  जानकारी  दिएकाे थियाे ।

उहाँको सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराज भारतीय राजनीति र समग्र देशको एक प्रेरक व्यक्तित्व भएको बताउँदै स्वराजले सम्पूर्ण जीवन नै राजनीति र सार्वजनिक सेवामा समर्पित गरेको भन्दै प्रसंशा  ट्वीवट मार्फत गर्नु भएकाे छ ।