हाचेकालीको चक्रव्यूह समालोचनकाे पुस्तक बजारमा

हाचेकालीको चक्रव्यूह समालोचनकाे पुस्तक बजारमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण २२, २०७६

काठमाडौँ । साहित्यिक आन्दोलन चक्रव्यूह सञ्चेतनाका अभियन्ता कवि तथा समालोचक सुरेश हाचेकालीले ‘ऐकिक चक्रव्यूह समालोचना’ नामक समालोचनात्मक पुस्तक बजारमा ल्यउनु भएको छ । साझा प्रकाशनद्वारा प्रकाशित उक्त समालोचनासङ्ग्रहमा १३ वटा फुटकर समालोचनाहरू समाविष्ट  रहेका छन् । 

वि.सं. २०६० देखि सञ्चालित चक्रव्यूह सञ्चेतना आन्दोलनले समालोचनालाई सृजनशील पठन भन्दै सिद्धान्तपरक समालोचनाको प्रयोग गर्दै आएको छ । यो सङ्ग्रहलाई सूत्रपरक प्राध्यापकीय, जीवनीपरक, विवरणात्मक र भावपरक समालोचना शैलीको विपक्षमा उभिएको प्रायोगिक समालोचना भनेर दावी गरिएको छ । हाचेकालीले परम्परागत नेपाली समालोचना पद्दतिलाई चुनौती दिँदै विगत डेढ दशकदेखि नमुनागत विविधीकरणसहित ऐकिक पद्दतिको प्रयोग गर्दै आएका छन् । चक्रव्यूह सञ्चेतनाको जीवनदर्शन पूर्वीय र पाश्चात्य चेतनाको संयोजनबाट निर्मित भएको छ ।

चक्रव्यूह सञ्चेतनामा आधारित हाचेकालीका दर्जनौं फुटकर समालोचनाहरू विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमबाट प्रकाशित /प्रसारित हुँदै आएका छन् । हाचेकालीका यस बाहेक ‘सीमान्त आमाहरू’ ९२०६६०, ‘पृथ्वी सवाई’ ९२०७४० कवितासङ्ग्रह र चक्रव्यूह सञ्चेतनाको सृजनात्मक प्रयोग गरिएको लामो कविता ‘चक्रव्यूह नगरमा अभिमन्यु’ ९२०७०० प्रकाशित छन् ।