सुष्माको निधनले स्तब्ध : प्रधानमन्त्री

सुष्माको निधनले स्तब्ध : प्रधानमन्त्री

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २२, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनले आफू स्तब्ध भएको बताएका छन् । 

उनले आज बिहान ट्विटमार्फत् भारत सरकार, जनता र परिवारका सदस्यलाई समवेदना र गहिरो सहानुभूति प्रकट गरेका छन् । 

यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफ्नो ट्विटर ह्याण्डलमार्फत् स्वराजको असामयिक निधनले भारत सरकार, जनता र परिवारका सदस्यप्रति समवेदना व्यक्त गरेका छन् ।