१ करोड ६० लाख डलरको घोडा

१ करोड ६० लाख डलरको घोडा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २२, २०७६

काठमाडौं, एजेन्सी । हामीले अनेक पाल्तु जनावरकाबारेमा त सुनेका छौं । तिनका विशेष गुणले तिनको किमत तय गरेको छ । आउनुस जानौं संसारकै सबैभन्दा महंगो घोडाको बारेमा । 

घोडा महंगो मध्येको जनावरमा पर्छ । झन संसारकै सबैभन्दा घोडाको मूल्य कति होला त ? यसको मूल्यमा एउटा आलिशान बंगला, गाडी तथा अन्य धेरै चिज किन्न सकिनेछ । 
यो घोडाको नाम ग्रीनमंकी हो , जुन अमेरिकी रेसमा दौडने गर्छ अर्थात रेस हर्स । यसको दौडने क्षमता तथा सुंदरताका कारण नै यो घोडा विशेष बनेको हो । त्यसकारण नै यो संसारको सबैभन्दा महंगो जनावर बनेको हो । 

जब यो घोडा पहिलो पटक रेसमा दौडिएको थियो यसले एक मीलको आठौं हिस्सा ९.८ सेकेंडमा पुरा गरेका थियो । एक पटक गम्भिर घाइते भएपछि यसले कहिल्यै पनि यो रफ्तारमा दौडन सकेन् । 

ग्रीनमंकीको मूल्य १ करोड़ ६० लाख अमेरिकी डलर हो । अहिलेसम्म कुनै पनि जनावरको यति रकम तोकिएको छैन । 

सन् २०१८ को जुलाईमा ग्रीन मंकीको मृत्यु भैसकेको छ ।