युएईविरुद्धको पहिलो टी–२० मा नेपाल पराजित

युएईविरुद्धको पहिलो टी–२० मा नेपाल पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ १७, २०७५

काठमाडौं । संयुक्त अरब इमिरेड्स (युएई) विरुद्धको पहिलो टी–२० मा नेपाल पराजित भएको छ ।

बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा नेपाल युएईसँग २१ रनले पराजित भएको हो । युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्रै बनाएपछि नेपाल पराजित भएको हो ।

नेपालका लागि सन्दिप जोराले अविजित ५३ रनको योगदान गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।

कप्तान पारस खड्काले २५ र सोमपाल कामीले २७ रन बनाउनुबाहेक नेपालका अन्य कुनै व्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । नेपालको इनिङको पहिलो बलमा नै दिपेन्द्र सिंह ऐरी आउट भएका थिए ।

यसअपघि पहिले ब्याटिङ गरेको यूएईका लागि शाइमन अनवारले उत्कृष्ट ब्याटिङ गर्दै ३८ बलमा चार चौका र दुई छक्कासहित ५९ रन बनाए भने मोहम्मद उस्मानले ३० र सीपी रिजवानले २२ र मोहम्मद बुटाले २० रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई–दुई, सोमपाल कामी र अभिनाश बोहोराले एक–एक विकेट लिए ।