पारस अघि, धोनी पछि

पारस अघि, धोनी पछि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण २२, २०७६

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र्यांकिङमा नेपालका कप्तान पारस खड्काले भारतीय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीलाई उछिनेका छन् । 

आइसिसीले हालै जारी गरेको र्यांकिङमा (ब्याटिङतर्फ) पारस ६६ औं स्थानमा छन् । धोनी उनीभन्दा एक स्थान तल (६७ औं) स्थानमा छन् । 

अलराउन्डरको र्यांकिङमा भने पारस २६ औं स्थानमा छन् । 

आइसिसीको र्यांकिङमा (ब्याटिङतर्फ)को शीर्ष १०० मा नेपालका अन्य खेलाडी परेका छैनन् ।

 बलिङतर्फको शीर्ष १०० मा भने नेपालका दुई खेलाडी परेका छन् । यो सूचीको ७१ औं स्थानमा बसन्त रेग्मी र ७८ औं स्थानमा सोमपाल कामी छन् ।