डा. कर्ण सिंहले गरे काश्मिरबारे मोदीको समर्थन

डा. कर्ण सिंहले गरे काश्मिरबारे मोदीको समर्थन
डा. कर्ण सिंह ।

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २३, २०७६

नयाँ दिल्ली, एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ एवम् विद्धान नेताले जम्मु-काश्मिर राज्यबाट अनुच्छेद ३७० लाई हटाउने मोदी सरकारको पहलको स्वागत गरेका छन् । 

कांग्रेसले जम्मु-काश्मिरमा सरकारले गरेको निर्णयको चर्को विरोध गरिरहेको छ । राज्यसभा र लोकसभामा उसले यसको विपक्षमा मतदान गर्याे । तर, कांग्रेसका विभिन्न नेताले भने सरकारको समर्थनमा वक्तव्य दिएका छन् ।

जम्मु-काश्मिर रियासतका अन्तिम महाराजा हरि सिंहका छोरा तथा वरिष्ठ कांग्रेस नेता डा. कर्ण सिंहले पनि मोदी सरकारको यस निर्णयको समर्थनमा वक्तव्य दिएका छन् । उनले लद्दाखलाई केन्द्र शासित छुट्टै प्रदेश बनाउने निर्णयको पनि स्वागत गरेका छन् । उनका अनुसार मोदी सरकारले गरेको फैसला राम्रो हो, यसको निन्दा गर्नु उचित होइन । 

ज्योतिरादित्य सिंधिया ।

यसअघि कांग्रेसको चर्को विरोध हुँदाहुँदै युवा पार्टी नेता ज्योतिरादित्य सिंधियाले पनि जम्मु-काश्मिरबाट ३७० हटाउनुको समर्थन गरेका थिए । सिंधिया राहुल गान्धीका एकदमै निकट मानिन्छन् । उनले ट्विट गर्दै लेखेका थिए, ‘लद्दाखलाई लिएर गरिएको निर्णय र भारतको सम्पूर्ण एकीकरण गर्ने पहलको म समर्थन गर्छु ।’ 

कर्ण सिंह, ज्योतिरादित्य सिंधियाभन्दा पहिला मुम्बई कांग्रेस अध्यक्ष मिलिंद देवडा, वरिष्ठ कांग्रेस नेता जनाद्र्धन द्धिवेदी र दीपेन्द्र सिंह हुड्डाले पनि मोदी सरकारको समर्थन गरेका थिए । 

कांग्रेस भने सरकारको विरोध गरिरहेको छ ।