लोकसंवाद संवाददाता | खेलकुद | श्रावण २३, २०७६
काठमाडौं । फोब्र्स पत्रिकाले सर्वाधिक कमाइ गर्ने महिला खेलाडीको सूची जारी गरेको छ ।
यस सूचीमा अमेरिकाकी टेनिस खेलाडी सेरेना विलियम्स पहिलो स्थान ओगट्न सफल भएकी छन् । उनले २९.२ मिलियन डलर (झण्डै ३३१ करोड नेपाली रूपैयाँ) कमाएर शीर्ष स्थान ओगटेकी हुन् । उनको यस कमाईमा ४.२ मिलियन डलर (भण्डै ४७.५ करोड नेपाली रूपैयाँ) पुरस्कारबाट प्राप्त भएको छ भने विज्ञापनबाट उनले २५ मिलियन डलर (झण्डै २८३.५ करोड नेपाली रूपैयाँ) कमाएकी हुन् ।
पिबी सिन्धु ।
भारतीय ब्याटमिण्टन खेलाडी पिबी सिन्धु यसै अवधिमा ५.५ मिलियन डलर कमाएर भारतको सर्वाधिक आय गर्ने महिला खेलाडी बनेकी छन् ।
फोब्र्सले जारी गरेको सर्वाधिक आय गर्ने महिला खेलाडीको सूचीमा १२ खेलाडी टेनिसका रहेका छन् । ब्याटमिण्टन, फुटबल र गल्फबाट १-१ खेलाडी रहेका छन् । सबैभन्दा बढी आर्जन गर्ने १० खेलाडीमा टेनिसकै वर्चस्व रहेको छ ।
सूची यस प्रकार रहेको छ ।
खेलाडी देश खेल कमाई (मिलियन डलर)
सेरेना विलियम्स अमेरिका टेनिस २९.२
नाओमी ओसाका जापान टेनिस २४.३
एन्जेलिक कर्बर जर्मनी टेनिस ११.८
सिमोना हालेप रोमानिया टेनिस १०.२
स्लोयन स्टिफेन्स अमेरिका टेनिस ९.६
क्यारोलिन बोज्नियाकी डेनमार्क टेनिस ७.५
मारिया सारापोवा रुस टेनिस ७
क्यारोलिना प्लिस्कोवा चेक टेनिस ६.३
एलिना स्वितोलिना युक्रेन टेनिस ६.१
गारबिन मुगुरुजा भेनेजुएला टेनिस ५.९
भिनस विलियम्स अमेरिका टेनिस ५.९
एलेक्स मर्गन अमेरिका फुटबल ५.८
पिबी सिन्धु भारत ब्याटमिण्टन ५.५
मेडिसिन किज अमेरिका टेनिस ५.५
आरिया जुतानु गार्न थाइल्याण्ड गल्फ ५.३