छायानाथको तीर्थयात्रा  शुभारम्भ

छायानाथको तीर्थयात्रा  शुभारम्भ

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण २४, २०७६

 मुगु ।   यो वर्षाकाे  छायानाथ धामको तीर्थयात्रा २०७६ साउन २३ गते  बिहीबारबाट शुभारम्भ भएको  छ।

 छायानाथ रारा नगरपालिका २ चैन गाउँ स्थित  छायानाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारी,  बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकामरोङ गाउँपालिबाट छायानाथ मन्दिर  तर्फ लागेपछि तीर्थयात्रा शुभारम्भ भएकाे मानिन्छ । 

हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन  छायानाथ मन्दिरमा रहेको छायानाथ ठाकुरको मूर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिएपछि  याे  तीर्थयात्र शुरु भएको मानिन्छ।

२०७६ साउन २३ गते  बिहीबारबाट शिवजीको मूर्तिलाई जनैपूर्णीमासम्म छायानाथ मन्दिरमा राखिने र  मन्दिर दर्शनको लागि मुगु जिल्लाका मात्र हाेइन  जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट , बाजुरा, अछाम, डोटीलगायत ठाउँबाट मानिसहरु ठूलाे संख्यामा  दर्शनकाे  लागि  छायानाथ धाममा आउने गर्दछन्।

जनैपूर्णीमामा छायानाथ मन्दिर परिसरमा ५ दिनसम्म पूजापाठ, होम व्रत  लगाउने परम्परागत चलन रहेकाे छ । 

 विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन धार्मिक ग्रन्थहरुमा उल्लेख गरेकाे पाइन्छ ।   त्यस समयदेखि  छायानाथलाई तीर्थस्थलका रूपमा  लिंदै  आइएकाे छ ।  छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध गर्ने गर्ने गरिएकाे छ भने  आफूले छायानाथमा चिताएको वरदान मागे प्राप्त हुने  आम विश्वास रहि आएकाे छ ।