नालीबेली नियात्रा र  निकटवर्ती विधाहरुकाे

नालीबेली नियात्रा  र  निकटवर्ती विधाहरुकाे

जय छाङ्छा  |  साहित्य  |  श्रावण २४, २०७६

नेपाली नियात्राको संक्षिप्त विकासक्रम

नेपाली साहित्यको इतिहासमा लिपिवध्द भएका यात्रासाहित्यको अनुसन्धान गर्ने हो भने आजभन्दा पाँच सय पचीस वर्ष अगाडि (वि.सं.१५५०) राजा गगनिराजले मुगुदेखि मुस्ताङसम्म यात्रालाई पहिलो लिपिवध्द भएको सङ्ग्रहलाई मानिन्छ । यसमा यात्रा साहित्यलाई दृष्टिगत नगरी राजा गगनीराजबाट भएका, गरिएका र दिइएका आदि कार्यको दस्तावेज राख्ने क्रममा सिर्जित कृति हो भनेर मान्न सकिन्छ । तर जेजस्तो उद्देश्यबाट प्रेरित भएर कृतिको जन्म भए पनि नेपाली यात्रा साहित्यको इतिहासमा आरम्भ कृतिका रुपमा स्थान सुरक्षित गर्न सफल भएको छ ।

राजा गगनिराजको यात्रावृतान्त प्रकाशित भएपछि झण्डै यस्तै प्रकारका यात्राविवरण रहेका केही पुस्तकहरु करीव पौने पॉचसय वर्षसम्म प्रकाशित नभएका होइनन् । जस्तो कि वि.सं. १९७० मा सुवेदार मेजर शेरसिंह रानाको ‘मेरो लण्डन राजतिलक यात्रा’ पुरोहित रामप्रसाद सत्याल, मंगलगौरी बनारस सिटीद्वारा प्रकाशित भएको कृति उपलव्ध छ  भने चिरञ्जीवी शर्मा पौड्यालको ‘काश्मिरयात्रा प्रसङ्ग’ १९७४, रणशूर लिम्वुको ‘बर्माको सम्झना’ १९९६, भवानी भिक्षुको ‘सिमलासम्म’ १९९९, लैनसिंह वाङ्देलको ‘युरोपको चिठी’ २०१४, तथा ‘स्पेनको सम्झना’ २०२०, केदारमणि आ.दी. को ‘बेलायत जॉदा’ २०२२ जस्ता अनेकन् कृतिहरु प्रकाशित भएर यात्रा साहित्यलाई निरन्तरता दि‘दै उर्वर वनाउने कार्य भएर आएको पाइन्छ ।

यस प्रकार उल्लेख गर्न सकिन्छ कि अनादिकालदेखिको प्रचलित यात्रासाहित्यको परम्परालाई क्रमिकरुपमा विकास हु‘दै आएको छ । यस्तैमा वि.सं. २०२६ मा डा. तारानाथ शर्माको यात्रासाहित्यको कृति ‘बेलाइततिर बरालि‘दा’ प्रकाशित भएपछि यात्रावृतान्त वा यात्राविवरणको सट्टामा भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलले गहिरिएर अध्ययन, चिन्तन र मनन गरी उक्त सृजना कृतिलाई ‘नियात्रा’ शव्दले सम्वोधन र सुसज्जित गर्नु भएको छ ।

नियात्रा विशुध्द नेपाली नाम हो । विश्व साहित्यमा भने यात्रासाहित्यको नामकरण गर्न वर्तमान अवस्थासम्म संघर्षरत रहेको छ । ज्ञातव्य छ कि व्रिटेनबाट लामो समयदेखि प्रकाशित हु‘दै आएको ‘ग्राण्टा’ जर्नलको सन् २०१७ को हिउ‘द अङ्क १३८ मा ‘जर्निज’ लाई विशेष महत्व दि‘दै यात्रा लेखनमा सृजनारत विभिन्न विद्वानविदुषीहरुलाई– ‘के यात्रा लेखनको अवसान भएको हो?’ भन्ने विषयमा सर्जकहरुका विचारहरुलाई प्रकाशनमा ल्याएको छ । सो पत्रिकाको अध्ययन पश्चात् ‘द बेस्ट अमेरिकन ट्राभल राइटिङ’ को सन् २०१७ को भूमिकामा सेरिज (क्रमागत) सम्पादक जासन विल्सनले आफ्नो धारणा राख्नु भएको छ कि ग्राण्टा जर्नलमा प्रकाशित आलेखहरुमा यात्रालेखनलाई सुहाउ‘दो नामको खोजीमा नै छलफल चलाएको पाइन्छ कि विधाको नाम ‘ट्राभल राइटिङ’ ले मात्र यथोचितरुपमा समेट्न सक्तैन ।

यस सन्दर्भमा नेपाली यात्रासाहित्यले  आजभन्दा करीव आधा शताव्दी अगाडि नै नयॉ नाम प्राप्त गरी विकासको दिशातर्पm तीव्र गतिमा बढिरहेको पाइन्छ । नियात्रा सर्जकहरु तथा पाठकहरु माझ लोकप्रिय बन्न सकेको नियात्रा विधालाई मलजल गर्दै उर्वर वनाउनेहरुमा डा.तारानाथ शर्मा, पूर्णप्रकाश नेपाल ‘यात्री’, रमेश विकल, घनश्याम राजकर्णिकार, कमल दीक्षित, श्रीकृष्ण गौतम, मञ्जुल, निर्मोही व्यास, राजेन्द्र सुवेदी, गंगाप्रसाद उप्रेती, विजय चालिसे, नरेन्द्रराज पौडेल, तेजप्रकाश श्रेष्ठ, प्रदीप नेपाल, सुधा त्रिपाठी, गोविन्दराज भट्टराई, नरेन्द्रराज प्रसाई,  भीष्म उप्रेती, श्रीओम श्रेष्ठ ‘रोदन’, जय छाङ्छा, प्रतीक ढकाल, सूब सेन, बुलु मुकारुङ, रामप्रसाद पन्त, मोहन चापागाई, ज्ञानेन्द्र विवश, पोष चापागाई, रामदयाल राकेश, चन्द्रकान्त आचार्य, इल्या भट्टराई, चन्द्रप्रसाद भट्टराई, विष्णुबहादुर सिंह, मोहनबहादुर कायस्थ, गोपीकृष्ण शर्मा, हर्क गुरुङ, मोहन दुवाल, हरिहर खनाल, विजय सुव्वा, दीनानाथ शर्मा, जीवा लामिछाने, दामोदर पुडासैनी, छविरमण सिलवाल, श्रृजन लम्साल, हरि थापा, जीवनाथ धमाला, केदार सङ्केत, जया राई, हरिकुमार श्रेष्ठ, प्रभा वराल, उषा हमाल, कृष्ण वजगाई, गीता रेग्मी आदि धेरै स्रष्टाहरुले नियात्रा लेखनलाई प्रगतिपथतर्पm डोर्याउने वा डोर्याइ रहनु भएका छन् ।

नियात्राका निकटवर्ती विधाहरुः

नियात्रा नामकरण हुनुभन्दा अगाडि वा आजभन्दा आधा शताव्दी अगाडिसम्म नेपाली साहित्यमा नियात्रालाई यात्रानिबन्ध, यात्रासंस्मरण, यात्रावृतान्त, भ्रमणवृतान्त, यात्रावर्णन आदि विभिन्न नामले चिनिदै आइएको थियो । यसै बीचमा भाषाविद् विद्वान प्राध्यापक बालकृष्ण पोखरेलले यात्रा साहित्यको रचनालाई नियात्रा भनी न्वारान गर्नुभए पछि सर्वस्वीकार्य हुन गई आम विद्वत्जन एवं सर्जकहरु मौखिक एवं लेखनमा सोही नाम प्रयोग गर्ने गरिएको पाइन्छ । विकास र परिवर्तनको क्रमस‘गै मौलिक पहिचान खोजिरहेको यात्रा साहित्यले एकदमै उपयुक्त र अनुकूल नाम पाउन सक्यो । यसभन्दा अगाडि विविध निकटवर्ती विधाको नाममा खुम्चिएर बसिरहेको नियात्राले स्वतन्त्रता पङ्खा खुला हावामा फरफराउन थाल्यो र वर्तमानसम्म आइपुग्दा नियात्राले लामो फड्को मारेको आभास हुन्छ ।

वास्तव कुनै चीजको विकास हु‘दै गएर परिपक्व हुन केही समयको अन्तरालसम्म हेर्नु र प्रतीक्षा गर्नु पर्ने हुन्छ । यस विषय भारतीय विद्वान अन्वेषक डा. बापूराम देसाई आफ्नो पुस्तक यात्रा साहित्य विधाः शास्त्र और इतिहास मा लेख्नुहुन्छ– ‘साहित्यको कुनै पनि विधा रातारात वा केही दिनमा निर्माण हु‘दैन । यसको पछि धेरै सर्जकहरुका साहित्यकृति, साहित्यको धारणा, भाव, अभिव्यक्ति तत्व,  स्वरुप आदिइत्यादिबाट चौकोस बन्दछ । ....संक्षेपमा विधाको तात्पर्य ‘वि’ भन्नाले विशिष्ट र ‘धा’ भन्नाले धारणा अर्थात् विशिष्ट धारणा ।’

नेपाली नियात्रा विधाले यस्तै लामो कालखण्ड पार गरेर वर्तमानसम्म आइपुगेको छ । यसले आप्mनै आकार, सीमा तथा विशिष्टता हासिल गरिसकेका छ । यसै सन्दर्भमा नेपाली नियात्रा साहित्यका विद्वान निर्मोही व्यासले आप्mनो कृति यात्रासाहित्यको सिद्धान्तमा यात्रासाहित्यका तत्वहरु पहिचान गरी उल्लेख गर्नु भएको छ– जसमा प्राथमिक तत्वहरुमाः गतिशीलता, स्थानीयता, तथ्यात्मकता तथा द्धितीयक तत्वहरुमाः निजात्मकता, आत्मीयता, कल्पनाप्रवणता, चित्रात्मकता आदिको उपस्थिति हुनु पर्ने कुराहरु निक्र्यौल गर्नु भएको छ । त्यसरी नै नेपाली साहित्यकी विदुषी गीता त्रिपाठीले आप्mनो नेपाली नियात्राः सिध्दान्त र प्रयोगमा विद्वान निर्मोही व्यासले उल्लेख गर्नु भएका तत्वहरुका अतिरिक्त समयाङ्कन, विषय केन्द्रितता, स्वच्छन्दता, संस्मरणात्मकता, चिन्तनशीलता, स्वधर्तीप्रेम र तुलनात्मकता समेत रहनु पर्ने चर्चा गर्नु भएको छ ।

वर्तमान समयमा,यात्रावृतान्त्र, यात्रासंस्मरण, यात्रानिबन्ध, दैनिकी शैलीमा यात्रावृतान्त आदि जे सिर्जना गरे पनि नियात्रा भनेर सजिलै भनिदि‘दा वा बुझिदि‘दा नियात्रा विधाकै अपमान वा अपहेलना भएको आभास हुन्छ ।

उल्लिखित बमोजिम नेपाली विद्वानविदुषीहरु लगायत नेपाली साहित्यका मूर्धन्य समालोचक, अन्वेषक तथा सर्जकहरुले नियात्रालाई स्वतन्त्र विधाको रुपमा स्वीकार गर्न सकिने कुरा स्पष्टरुपमा व्यक्त गरिसक्नु भएकोले नेपाली साहित्यको क्षेत्रमा हालसम्मको स्थितिलाई नियाल्दा गद्य क्षेत्रको एक स्वतन्त्र विधाको रुपमा नियात्रा स्थापित भइसकेको पाइन्छ ।

नियात्रा स्वतन्त्र विधाकोरुपमा स्थापित भइनसक्दाको अवस्थासम्म यात्रानिबन्ध, यात्रासंस्मरण, यात्रावृतान्त, भ्रमणवृतान्त, यात्रावर्णन आदिको नामले चिनिने गरिएको थियो । अतः नियात्रा र यसको पर्यायवाचीको रुपमा प्रयोग गरिएकाहरुस‘गको समानता र भिन्नता बारे नियात्रामा साधनारत सर्जक, विद्वान समालोचक तथा पाठकहरुलाई सामान्य जानकारी हुन आवश्यक छ भन्ने महसुस भएकोले सो सम्वन्धमा संक्षिप्तमा उल्लेख गर्न चाहन्छु । जुन यस प्रकार रहेका छन्ः

१. नियात्राः नियात्रा विधा नेपाली साहित्यको एक स्वतन्त्र विधा भएकोले अन्य विधाहरुकाजस्तै आफ्नै  विषय, सीमा, क्षेत्र, विशेषता, शिल्प, शैली, लक्ष्य, प्रस्तुति आदिको विषयमा स्पष्ट रेखाङ्कन भइसकेको छ भने नियात्रा सिर्जना गर्दा सर्जकले एकदम सजगता र सतर्कता अप्नाउनु पर्ने हुन्छ । यस विषयमा गहन चिन्तन मनन गरी  अमेरिकी विदुषी लुइस पुरवीन जोवेलले आप्mनो प्रसिध्द पुस्तक द ट्राभल राइटर्स ह्याण्डबुकमा उल्लेख गरेकी छिन् –‘नियात्रा सर्जकको सफलता त्यसै कुरामा निर्धारित हुन्छ कि उ कति यथार्थतापरक र औचित्यपरकरुपले आप्mना पाठकहरुका लागि वर्णन गर्न सक्षम हुन्छ । सिर्जनाको समयमा एउटा सफल नियात्राकारले बुझनुपर्दछ कि सबै पाठकहरु सहचर होइनन्, अन्ततोगत्वा मालिक हुन् । साथै, सम्भवभएसम्म पाठकहरुको सम्मान गर्दै मसी र कागजको पर्खाललाई हटाएर जादूमय अनुभूतिको हिस्सेदार बनाउनु सक्नु पर्छ ।’

उल्लिखित आधारमा निष्कर्ष निकाल्न सकिन्छ कि विशिष्ट नियात्रा सिर्जनाका निमित्त नियात्रा आलेखमा निम्न कुराहरुले प्रविष्टि पाएको हुनु नितान्त जरुरी हुन्छः

क. ‘कहिले, कहॉ, को, कसरी र किन’ भन्ने कुरा स्पष्ट हुनु जरुरी छ र ‘कहिले’ को स्थान सबैभन्दा महत्वपूर्णको हुनेछ । यस सम्वन्धमा प्रसिध्द अमेरिकी सम्पादक जासोन विल्सन (द वेस्ट अमेरिकन ट्राभल राइटिङ्ग नामक साहित्यिक जर्नलका सन् २००० देखि सम्पादन गरिरहेका) को नियात्रा बारेको कथन छ–‘जो कोहीले यात्रा लेखन पत्रिकामा प्रकाशनका लागि दिएका हुन्छन् र कहिले भन्ने कुरालाई उल्लेख गरेका हु‘दैनन्, जुन अत्यन्त महत्वपूर्णको हुन्छ, जस्तो कि कहॉ, को, कसरी र किन ?’

ख.  नियात्रा सर्जकले जहिले पनि कर्तृवाच्यको प्रयोग गर्नुपर्दछ,

ग. नियात्रा लेख्दा जहिले पनि वर्तमान कालमा लिपिवध्द भएको हुनु पर्छ,

घ. नियात्रा लेखनमा प्रथमपुरुषको हावी हुने भएकोले जीवीत प्रामाणिक मुख्य आधार मानिन्छ । त्यसैले नियात्रा अन्य विधा भन्दा विश्वासिलो, यथार्थपरक, व्यवहारिकका साथसाथै जानकारीमूलक हुनु पर्छ,

ङ नियात्रा लेख्दा सदैव सजग भएर लेख्ने र सरल, सहज भाषाको प्रयोग गर्नु पर्छ,

च. नियात्रा सत्यतथ्य, वस्तुतथ्य एवं वास्तविक आधारशिलाको वरिपरि रहेर लेखिनु पर्छ । किनकि अभिलिखित नियात्रा इतिहासकै समानान्तर विशेषता लिएर चिरकालसम्म जीवीत रहने हुन्छ,

छ. नियात्राको फैलावट विस्तृत हुने भएकोले काव्य, आख्यान, नाटक, हास्यरस, दर्शन, इतिहास, संस्कृति, उखानतुक्का लगायत विम्वहरुको उचित किसिमले प्रयोग गर्नु पर्दछ । यस कुरामा सहमति जनाउ‘दै वृटेनबाट सन् १८८९ बाट प्रकाशित भइरहेको प्रशिध्द ग्राण्टा जर्नलका सम्पादक वील वुफोर्डले सन् १९८३ को अङ्कमा आफ्ना सम्पादकीयमा नै लेखेका छन् कि ‘यात्रा लेखन साहित्यको याचक विधा होः यस्ले संस्मरण, समाचारीय ढॉचा, र महत्वपूर्ण अंशको रुपमा आख्यानबाट सापटी लिन्छ ।’

नियात्रा सिर्जनाका बारेमा केही मूलभूत तत्वहरुका बारेमा जानकारी भए पछि यसभन्दा अगाडि नियात्राका पर्यायवाची नाम भएका सिर्जनाहरुस‘ग हुने विभेदकहरु समेत थाहा भइराख्न जरुरी ठहरिएकोले चर्चा गर्न उपयुक्त ज‘चेकोले उल्लेख गर्ने जमर्को गरेको छु ।

नियात्रा निकटवर्ती अन्य सिर्जनाहरुमा फरक

माथि उल्लेख भइसकेका छन् नियात्राको रचना विधान सम्वन्धी कुराहरु । तर वर्तमान समयमा, यात्रावृतान्त्र, यात्रासंस्मरण, यात्रानिबन्ध, दैनिकी शैलीमा यात्रावृतान्त आदि जे सिर्जना गरे पनि नियात्रा भनेर सजिलै भनिदि‘दा वा बुझिदि‘दा नियात्रा विधाकै अपमान वा अपहेलना भएको आभास हुन्छ । आजका नियात्रामा लागिपर्नु भएका स्रष्टाहरुले यो बुझ्न जरुरी छ कि नियात्रा विधा र अन्य विधास‘ग के कस्तो भेद तथा सम्वन्ध रहेको छभन्ने कुरा । जुन कुरा सरल र सहजरुपले बुझनका लागि तपसीलमा उल्लेख गरिएका छन् ः

क. नियात्रा विधा 

प्रथम पुरुषमा लेखिने उपख्यान हो नियात्रा र जीवीत अनुभूतिको प्रमाणीकरण हुनु पर्ने अनिवार्यता यसको विशेषता हो । साहित्यका अन्य विधाका कतिपय राम्रा पक्षहरुलाई पचाएर आफैमा समाहित गर्दै सिर्जित गरिने विधा भएकोले नियात्राको अन्य विधाहरुस‘ग निकट सम्वन्ध रहेको हुन्छ । उल्लिखित कारणबाट स्पष्ट रेखाङ्कन गर्न सकिन्छ कि नेपाली साहित्यिक क्षेत्रका अन्य विधाहरुजस्तै नियात्रा पनि एक स्वतन्त्र समृध्दशाली विधा हो । 

यस प्रसङ्गलाई अझ स्पष्टस‘ग बुझनका लागि प्रशिध्द एवं वरिष्ठ नियात्राकार डा.तारानाथ शर्माको विचार ‘मधुपर्क प्रतिनिधि नियात्रा, २०६७, भूमिका’ बाट स्पष्ट हुन्छ भने विद्वान प्राध्यापक बालकृष्ण पोखरेलले पनि डा. तारानाथ शर्माको कृति ‘बेलाइततिर बरालि‘दा’ को आप्mनो भूमिका उल्लेख गर्नु भएको छ, ‘... सस्तो निस्तो वर्णन छ भने त्यो यात्रालेख र रमरमको आनन्दबाट मुछिएको छ भने चाहि‘ नियात्रा कहलाउ‘छ ।’

यही प्रसङ्गलाई विचार विमर्श गर्ने हो भने वि.सं. १९७० मा सुवेदार मेजर शेरसिंह रानाको ‘मेरो लण्डन राजतिलक यात्रा’ मा समेत पर्याप्तता मात्रमा निजात्मक अनुभूतिहरुहरुलाई आफ्ना नियात्रामा स्थान दिएका पाइन्छन् । उदाहरणका रुपमा उध्दृत गर्न सकिन्छ कि– ‘आज लन्दन नगरी आफ्नू  शोभा र यौवनका बलले गरीकन इन्द्रपुरीलाई पनी लज्जित गराउन लागीरही छ । लन्दन वास्तवमा– रुप र गुणको मेला, विद्या र बुध्दिको हाट– अनी मनुष्य जीवनको निम्ती द्यूतशाला अर्थात् जुवाखाना भै रहेछ ।’ (पाना २६) उपयुक्र्त उध्दरणबाट यो स्पष्ट हुन्छ कि नियात्रा विधाको सिर्जना गर्दाको समयदेखि नै विशेष किसिमले रचना गरिंदै आएको छ भन्न सकिन्छ । प्रारम्भिक चरणमा समेत निस्तो वा सतही वर्णन, काल्पनिक कुरा आदि लेखेर नियात्राको सिर्जना गर्ने गरेको पाइन्दैन । तसर्थ नियात्रा विधाको शुरुवातदेखि नै मौलिकता, आकार, विशेषता, समय, काल, परिस्थिति, सीमा र गन्तव्यलाई निर्धारण गरेर सिर्जना हु‘दै आएको पाइन्छ । यसको साथसाथै नियात्रा सिर्जना गर्दा तत्कालै गरिएका यात्रालाई वर्तमानकाल प्रयोग गरी सिर्जना गरिने हुनाले नियात्रा पठन गर्ने क्रममा पाठक नियात्राकारस‘गै अगाडि बढिरहेको हुन्छ र देखिएका दृश्यहरु ऐनामा देखिएको छायॉजस्तै सलवलाएको अनुभूति गर्न सक्षम हुन्छन् पाठकहरु । त्यसैले रोचक र लोकप्रिय विधाको रूपमा लिइन्छ नियात्रालाई ।

ख. यात्रासंस्मरण 

 वर्तमानमा गरिएको यात्रालाई लिपिवध्द नगरी पहिले गरिएको यात्रालाई भूतकाल प्रयोग गरी लिपिवध्द गरिने आलेखलाई यात्रासंस्मरण भनिन्छ । यात्रासंस्मरणमा यात्राकारले यात्राका क्रममा घटेका घट्ना, देखिएका दृश्यहरु, भेटिएका चीजहरु आदिलाई समावेश गरी यात्रासंस्मरण लेखिने गरिन्छ ।

यसरी विचरण गर्दा यात्रासाहित्य संस्मरण र आत्मकथाको बीचको विधा हो भनेर मान्न सकिन्छ । यस कुराको पुष्टि स्वरुप भारतीय विद्वान एवम् ‘हिन्दी यात्रा साहित्य: स्वरुप और विकास’का लेखक मुरारीलाल शर्माको विचारलाई उध्दृत गर्न सकिन्छ: ‘यात्रा साहित्यको शैली आत्मकथात्मक हुन्छ, तैपनि आत्मकथा भन्दा नितान्त भिन्न विधा हो ।’ (पाना २२) । यस्ता प्रकारका रचनाहरुलाई नियात्रा विधाभित्र राख्न उपयुक्त नभए पनि नियात्रा साहित्यको उपविधाको रुपमा स्वीकार्न भने सकिन्छ ।

ग. यात्रावृतान्त वा यात्राविवरण: 

यस्ता प्रकारका सिर्जनामा यात्रा गर्दै गरेका स्थानहरु बारेका परिचय, देखिएका चीजहरु, भेटिएका समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु, भौगोलिक वर्णन, धार्मिक तथा सांस्कृतिक धरोहरका वर्णनादि गरेर लिपिवध्द गरिने यात्रालाई यात्रावृतान्त/यात्राविवरण/भ्रमणवृतान्त भनिन्छ । यसमा स्रष्टाको अनुभूतिजन्य कुराहरुको अभाव रहन्छ । एकप्रकार यात्राको समयमा सरसर्ती टिपिएका चीजहरुले नै प्रवेश पाएका हुन्छन् भन्दा कत्ति पनि फरक पर्दैन । यो एक प्रकार सम्वाद्दाता शैली वा पत्रकारिता स्तरीय साहित्यिक रचना हुन्छ र नियात्राको रचनाधर्मिताभन्दा फरक उपस्थिति दर्शाउने प्रकारको हुन्छ । यसको उदाहरणको रूपमा उल्लेख गर्न सकिन्छ केदारमाणि आचार्य दीक्षितका यात्राका कुरा यात्राविवरणलाई । उक्त कृतिमा आवश्यक पर्ने तिथिमिति, अनुभूति, चिन्तनशीलता तथा तुलनात्मक दृष्टिहरुको अभाव रहेका छन् । यसमा केवल संसारका प्रख्यात र ठूला सहरहरु रोम, भेनिस, एम्स्टर्डम, स्वीडेन ओस्लो, म्याड्रिड, कोपेन हेगेन, पेरिस, कायरो, लण्डन, लसएञ्जेल्स, न्यूयोर्क आदिका बारे सरसर्ती चिनारी दिइने काम भएका पाइन्छन् ।

जे जस्तो भए पनि नियात्रा विधाको विकासमा केही मात्रामा भए पनि योगदान दिने काम यस्ता कृतिहरुले गरेका छन् । तर यसको रचनाधर्मिता र वर्गीकरणको आधारलाई दृष्टिगत गर्ने हो भने यस्ता सिर्जनाहरु खाट्टी नियात्रा विधा भित्र पर्दैनन् । तर यस्ता सिर्जनाहरुलाई नियात्रा साहित्यभित्रको उपविधा भित्र राख्दा न्यायसङ्गत नै हुन्छ ।

घ. यात्रानिबन्ध:

यस्ता रचनाहरु सिर्जना गर्दा यात्रा गर्नु पर्दछ भन्ने कुनै जरुरत पर्दैन । तर नियात्रा सिर्जना गर्नका लागि नियात्राकार स्वयम्ले भ्रमण गरेको हुनुपर्दछ । नियात्राकारका ऑखा, कान र मस्तिष्कलाई सम्भव भएसम्म सजग राखेर मानव टेपरिकर्डलाई साथमा लिएर यात्रामा समावेश हुनै पर्छ । साथै आपैm उत्साहित हुनाको साथसाथै गुरुको भाव आफसेआफ आफैमा उब्जाएर उत्साहित भएर यात्रामा समावेश हुनुपर्ने अनिवार्य विशेषता र कत्र्तव्य नियात्रा सर्जकको हुन्छ ।

तर यात्रानिबन्ध सर्जकले कुनै पनि स्थान विशेषको यात्रा सम्पन्न नगरी काल्पनिक रुपमा कुनै स्थान विशेष बारे यात्रानिबन्ध लेख्छ भने त्यस प्रकारको सिर्जनालाई यात्रासाहित्यभित्रको यात्रानिबन्ध नामकरण सहित नियात्राको उपविधामा राख्न सकिन्छ । तर नियात्रा विधा भित्र समावेश गर्न उपयुक्त हु‘दैन । यात्रानिबन्धका बारेमा प्रसिध्द भारतीय विद्वान डा. बापुराव देसाईको विचार आफ्नो  पुस्तक ‘यात्रा साहित्य विधा: शास्त्र और इतिहास’ मा यसरी अभिव्यक्त गर्छन्– ‘निबन्धकार निबन्ध घरमा बसीबसी कुनै पनि अदृश्य वा नदेखेको विषयवस्तुमा कल्पनाको आधारमा लेख्न सक्छ । जब कि यात्रालेखक घरबाट बाहिर निस्किएर आफूले देखेका कुराहरुलाई लिपिवध्द गर्दछ ।’ (पाना २०)।

ङ.दैनिकी शैलीमा यात्रावृतान्तः 

दैनिकी (डायरी) शैलीमा पनि यात्रावृतान्त लेखिने व्यापक प्रचलन रहेको पाइन्छ । यस प्रकारको यात्रावृतान्तमा दिनानुदिन घटेका घट्ना, स्थानीयता, भौगोलिक, सांस्कृतिक लगायत सर्जकले महत्व ठानेका कुराहरुले प्रवृष्टि पाएका हुन्छन् । तर दैनिकी शैलीमा लेखिएका सिर्जनामा सर्जकको मौलिक अनुभूति, दृष्टिकोण तथा स्निग्धताको अभाव रहन्छ । जसले गर्दा समय वा इतिहासको अभिलेखन भए पनि विशुध्द नियात्राको सिर्जना हुन सक्तैन । अतः दैनिकी शैलीमा लेखिएको यात्रावृतान्तलाई नियात्राविधाको सिर्जना भनी स्वीकार नगरिए पनि नियात्रासाहित्यको कोटी भित्रको उपविधामा राख्नभने आपत्ति पर्दैन ।

यिनै परिवेशको सेरोफेरोमा नियात्रालाई पठन गर्ने सन्दर्भमा विद्वान डा.ऋषिराम शर्माले समकालीन साहित्य, त्रैमासिक, पूर्णाङक ८२, नियात्रा विशेषाङ्कको ‘नेपाली नियात्राः सिध्दान्त र प्रयोग’ शीर्षकीय आलेखमा– ‘नियात्रा एक स्वतन्त्र साहित्यिक विधाको रुपमा विकसित हु‘दै गरेको परिस्थितिलाई स्वीकार ......। ....कलात्मकता, चित्रात्मकता, रागात्मकता, तथ्यपरकता, सूचनात्मकता र स्थानीयताको प्रयोग नियात्रासाहित्यमा हु‘दै आएको पाइन्छ’ भनी उल्लेख गर्नु भएको छ ।

कमशः

याे पनि 

नियात्रा विधाका प्रमुख तत्त्व पाँच ‘क’