मोदीले चर्चा गरेको लद्दाखी फूल ‘सोलो’

मोदीले चर्चा गरेको लद्दाखी फूल ‘सोलो’

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  श्रावण २४, २०७६

भारतको जम्मु काश्मिर राज्यबाट अनुच्छेद ३७० हटाएर लद्दाखलाई नयाँ केन्द्रशासित राज्यको दर्जा दिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गरे । सम्बोधनमा उनले लद्दाखलाई उच्च हिमाली भू–भाग अवस्थित पवित्र भूमिको संज्ञा दिँदै यहाँ हुने वनस्पति औषधिको चर्चा गरे । उनले चर्चा गरेको फूलको वैज्ञानिक नाम ‘रोडिओला रोसिया’(च्जयमष्यबि च्यकभब) हो । यो उच्च तथा चिसो हिमाली भूभागमा हुने वनस्पति हो ।

लेह,एजेन्सी । लद्दाखको सदरमुकाम लेह स्थित ‘डिफान्ड इन्स्टीट्यूट अफ हाइ एल्टीच्युड रिसर्च’ ले यस वनस्पति बारे अनुसन्धान गरेको छ । 

यस सम्बन्धमा वैज्ञानिकहरुको दावी छ, ‘यस वनस्पतिले यस्तो औषधिको रुपमा काम गर्छ जसले विभिन्न रोग विरुद्ध लड्ने हाम्रो प्रतिरोधी तन्त्र (इम्युन सिस्टम) लाई नियमित एवम् बलियो बनाउँछ । यसले मानव शरीरलाई पहाडको परिस्थिति अनुरुप ढाल्ने काम गर्छ । यसका साथै तनावबाट मुक्ति दिनका साथै यसले सुन्दरता वढाउनमा मद्त गर्छ ।

बढ्दो उमेरलाई रोक्न प्रभावकारी

डिफेन्स इन्स्टीट्यूट अफ हाई एल्टीच्युड रिसर्चका अनुसन्धानकर्ता सुनील होताका अनुसार सोलो अर्थात रोडिओला बढ्दो उमेरको प्रभावलाई रोक्न सक्षम छ । उच्च क्षेत्रमा अक्सिजनको कमी हुँदा यसले मस्तिष्कका न्युरोन्सको सुरक्षा गर्छ ।

रोग प्रतिरोधात्मक क्षमतामा अभिवृद्धि

रोडिओलाले रेडियोधर्मिता (रेडियोएक्टिभिटी) बाट जोगाउँछ । यसका औषधीय गुणले मानिस शरीरको प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उच्च पहाडी क्षेत्रको परिस्थिति अनुसार शरीरलाई ढाल्न मद्त गर्छ । लद्दाखका स्थानीय वासीले यस बिरुवाको पातको तरकारी समेत खाने गर्छन् । 

मधुमेहमा पनि प्रभावी

मधुमेह (डायबिटिज) यस्तो रोग हो, जुन रोगमा शरीरभित्र बन्ने इन्सुलिनको मात्रामा ह्रास आउँछ । फलस्वरुप व्यक्ति मधुमेह रोगबाट ग्रसित हुन्छ । रोडिओलाको फूल मधुमेह नियन्त्रणमा प्रभावी रहेको छ ।

मस्तिष्कका लागि संजीवनी

भनिन्छ मस्तिष्कलाई चुस्त दुरुस्त राख्न नियमित व्यायाम, उचित खान पान र पोषण एवम् रात्रिको मीठो निद्रा अति आवश्यक छ ।

यसका साथै मेडिकल साइन्सले केही यस्ता पूरक आहार (सप्लीमेन्टस) खोजेको छ, जसको प्रयोगले मस्तिष्कको स्वास्थ्यलाई उत्तम राख्न सकिन्छ । यस्तै पूरक आहारमा रोडिओला पनि सम्मिलित छ ।

एउटा अध्ययनको क्रममा रात्रिकालीन शिफ्टमा काम गर्ने ५६ डाक्टरको मानसिक स्थिति परीक्षण गरियो । यिनीहरुलाई २० दिनसम्म रोडिओलाको सेवन गराइयो । यसको प्रभावले उनीहरुको मानसिक थकान र निद्रामा सकारात्मक प्र्रभाव देखा पर्‍यो ।

यस समबन्धी विज्ञका अनुसार रोडिओलाको सेवन बिहान खाली पेटमा गर्नु पर्छ । यसको सेवनले शरीरमा उत्तेजना ल्याउँछ, तसर्थ सुत्ने बेलामा यसको सेवन उचित हुन्न् ।