बीस लाख मुस्लिम धर्माबलम्बीहरु हजका लागि मक्कामा

बीस लाख मुस्लिम धर्माबलम्बीहरु हजका लागि मक्कामा

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २५, २०७६

 साउदी अरब,एएफपी ।  बार्षिक हजका लागि शुक्रबार २० लाख भन्दा बढी मुस्लिम धर्माबलम्बीहरु मक्कामा भेला  भइसकेका  छन् ।

हजका लागि हुने भेला विश्वमै ठूला धार्मिक भेलामध्ये  मानिन्छ ।

हजका लागि मक्कामा आउनुलाई मुस्लिम धर्माबलम्बीहरुले जीवनमा एक पटक गर्नै पर्ने कर्मका रूपमा लिने गरिएको छ ।

साउदी अरबको पश्चिमी क्षेत्रमा पर्ने मक्कामा हजका लागि मुस्लिम धर्मावलम्बीहरूको पाँच दिने मेला लाग्ने गरेको छ । 'हजका लागि आएका तिर्थयात्रीहरूलाई सहयोग गर्न हामीले राज्यका सवै सुरक्षाकर्मीहरूलाई तीर्थस्थलमा खटाएका छौँ,' भगवानका अतिथिलाई स्वागत गर्न पाउँदा हामी खुशी छौँ, सुरक्षा निकायका एक जना प्रवक्ता बास्साम अट्टियाले  जानकारी  दिनुभयो ।

हजका लागि आएका २०  लाखमध्ये अधिकांश साउदी अरबबाहिरका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 'हजका लागि आउने १८ लाख भन्दा बढी तिर्थयात्रीको प्रवेश अनुमतिपत्र जारी गरिएको छ, यो सहभागीताले हाम्रो सफलता देखाउँछ,' हज मन्त्रालयका एक अधिकारीको रहेको छ ।