लोकसंवाद संवाददाता | समाचार | साउन २६, २०७६
एक अनुमान अनुसार सभ्य भनाउँदो मानिसले प्रत्येक वर्ष ८० लाख टन प्लास्टिक जन्य फोहोर समुद्रमा फाल्छ ।
जर्काता, एजेन्सी । मानिसले प्रयोग गरेर फालेको प्लास्टिकजन्य सामाग्री पृथ्वीको सतहको लागि मात्रै होइन, पृथ्वी सतहभन्दा झण्डै अढाईगुणा ठूलो क्षेत्रफल रहेको महासागरका लागि पनि खतरनाक भइसकेको छ ।
यस्तो अवस्था रहेकोमा इण्डोनेशियन सरकारले प्लासिटकबाट हुने फोहोर रोकथामका लागि अनौठो उपाय प्रयोगमा ल्याएको छ ।
स्मरण रहोस चीन पछि समुद्रलाई प्रदुषित गर्ने देशको पंक्तिमा इण्डोनेशिया दोस्रो नम्बरमा पर्छ ।
अब आएर यस दिशामा इण्डोनेशियन सरकारले महत्वपूर्ण प्रयास थालेको छ ।
इन्डोनेशियाले सन् २०२५ भित्र सम्द्रमा फालिने फोहोर ७० प्रतिशतसम्म कम गर्ने लक्ष्य लिएको छ । यसका निमित्त सरकारले बसबाट यात्रा गर्ने यात्रुहरुका लागि लोभलाग्दो योजना अघि सारको छ ।
अब त्यहाँ बसबाट यात्रा गर्नेहरुले टिकटका लागि पैसा तिर्नुपर्दैन । प्लास्टिकका बोतल दिएर जो कोहीले पनि सित्तैमा यात्रा गर्न सक्छ ।
अधिकारीहरुका अनुसार योजना एकदमै सफलरुपमा संचालित भइरहेको छ । प्रत्येक साता झण्डै १६ जना मानिसले पैसाको सट्टा प्लास्टिकको बोतल दिएर यात्रा टिकट लिइरहेका छन् ।
अचेल इण्डोनेशियाका बसपार्कहरुमा हातमा प्लास्टिकका बोतल, कप जस्ता अन्य सामग्री लिएका मानिसहरु लाइन लागेको देख्न पाइन्छ ।
नियम अनुसार १ घण्टाको यात्राको लागि ठूला ३ बोतल, मझौला खाले ५ बोतल अथवा १० वटा प्लास्टिकको कप दिएर यात्राका लागि टिकट प्राप्त गर्न सकिन्छ । प्लास्टिक सामग्री टुटफुट नभएको र सफा हुनुपर्छ ।
योजना लागु भए देखि घर–कार्यालय–ठूल्ठूला व्यापारिक मल एरियामा जताततै फाल्नुको सट्टा प्लास्टिक संग्रह गर्न थालिएको छ ।
प्लास्टिक जन्य फोहोरलाई रोक्न संसारभरका देश र सरकार प्रयासरत रहेका छन् । यसै क्रममा एलन म्याकअर्थर फाउन्डेसनले आफ्नो रिर्पोटमा चेतावनी दिंदै भनेको छ – समुद्रमा प्लास्टिक फाल्ने क्रम नरोकिएमा आउँदो सन् २०५० सम्म सम्द्रमा रहेका माछाको तौल भन्दा प्लास्टिकको मौज्दात बढी हुन पुग्नेछ ।
्र