भारतीय कांग्रेस अध्यक्षमा पुनः सोनिया

भारतीय कांग्रेस अध्यक्षमा पुनः सोनिया

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २६, २०७६

झण्डै २० महिना लामो कांग्रेस अध्यक्ष पदको दायित्व निर्वाह गरेपछि राहुल गान्धीले पदबाट राजीनामा गरेपश्चात् कांग्रेसको नेतृत्व एकपटक पुनः सोनिया गान्धीको काँधमा आइपुगेको छ । 

नयाँ दिल्ली, एजेन्सी । आफ्नो राजनीतिक जीवनको सबैभन्दा नराम्रो अवस्थबाट गुज्रिरहेको भारतीय राष्ट्रिय कांग्रेसलाई एकपटक पुनः ७२ वर्षीया सोनिया गान्त्रीको मार्गदर्शन प्राप्त हुने भएको छ । 

शनिबार बसेको कांग्रेस कार्यसमितिको बैठकले सर्वसम्मतिबाट सोनिया गान्धीलाई कांग्रेसको अन्तरिम अध्यक्ष चुनेको छ । 

सन् २०१९ को निर्वाचनमा व्यहोरेको ठूलो हारका कारण अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका थिए । कांग्रेसको विधान अनुसार कार्यसमितिले अन्तरिम अध्यक्ष मात्र बनाउन सक्छ । यसअघि झण्डै २० वर्षसम्म कांग्रेस अध्यक्ष पदमा रहेकी गान्धी २० महिनापछि पुनः यस पदमा चुनिएकी हुन् । 

गान्धी परिवारभन्दा बाहिरबाट नयाँ अध्यक्ष ल्याउने चर्चा चले पनि अन्ततः कांग्रेसको नेतृत्व गान्धी परिवारभित्रै राखिएको छ ।