रकेट परीक्षण दुर्घटनाग्रस्त

पाँच परमाणु वैज्ञानिक मारिए

रकेट परीक्षण दुर्घटनाग्रस्त

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २६, २०७६

मस्को, एजेन्सी । रुसको न्योनोस्कामा रकेट परीक्षणका क्रममा विस्फोट हुँदा ५ परमाणु वैज्ञानिक मारिएका छन् । यस विस्फोटमा परि अन्य ९ जना घाइते भएका छन् । 
मीडिया रिर्पोट्सका अनुसार यो दुर्घटना ८ अगस्टमा भएको हो । 

विस्फोट पछि दुर्घटनाग्रस्त क्षेत्रमा रेडिएसन सामान्य स्तर भन्दा २० गुणा बढी पुगेको थियो । अधिकारीहरुका अनुसार विस्फोटको ४० मिनेट पछि मात्रै स्थिति सामान्य भएको थियो । 

९ अगस्टमा पनि केही साना विस्फोट हुँदा अन्य कैयन व्यक्ति पनि घाइते भएका छन् । बचाउ दलले ‘केमिकल र न्युक्लियर प्रोटेक्सन सुट’ लगाएर घाइतेको उद्धार गरेका थिए । 

परीक्षण स्थल नजिकका दुई शहर आर्खन गेल्सक र सेवेरो द्धिस्कमा बढेको रेडिएसनले मानिसहरुमा अझै भय व्याप्त छ । औषधि पसलहरुमा आयोडिन किन्नेहरुको लाम लागेको छ । 

रुसमा एक साताभित्र भएको यो दोस्रो ठूलो विस्फोट हो । यसअघि ४ अगस्टमा साइवेरिया स्थित हतियार गोदाममा (एम्युनिशन डम्प) आगलागि भएर ठूलो विस्फोट भएको थियो । यस घटनामा परि एकजनाको मृत्यु भएको थियो ।