सक्कली सुनलाई नक्कली प्रहरीले बनाएको आशंका !

सक्कली सुनलाई नक्कली प्रहरीले बनाएको आशंका !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १९, २०७५

काठमाडौं । तातोपानी नाका बन्द भएसँगै सुन तस्करहरुको बाटो परिवर्तन भएको छ भने उनीहरुले  रसुवाको केरुङ मार्गवाट ल्याउने गरेको तथ्य खुल्दै आएको छन । लामो समयदेखि त्यही मार्गबाट सुनतस्करी गर्दे आएका उनीहरुले २०७५ साल पुस १९ सम्म प्रहरीको आँखा छल्दै धन्दा सञ्चालन गरेका थिए कि यो धन्दामा प्रहरीको प्रत्यक्ष सम्लग्नता थियो स्पस्ट नखुल्दै नेपाल प्रहरीले धादिङका एसपी डम्बरबहादुर बिकलाई मूख्यालयमा तानिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ । 

यस नाकाबाट २०७५ साल पुस १९ मा चार किलो सुन नुवाकोट, धादिङहुदै राजधानी भित्रदै  गरेको सुचना धादिङ प्रहरीले प्राप्त ग¥यो । २० पुसमा धादिङ प्रहरीले सुन बरामत भएको सार्वजनिक समेत गर्‍यो । धादिङ प्रहरीलाई सुन बरामद भएको खुशी बाड्न निकै हतारो समेत देखायो । पक्राउ परेका व्यक्तिलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरी प्रहरीले मुचुल्का गरी पठाएको सो सुन राजस्व अनुसन्धान विभागले परीक्षण गर्दा सुन नभई धातु ढलोट र तामा भएको रहस्य खुले पछि फेरी नेपाल प्रहरी एक पटक विवादमा तानिएको छ । 
पक्राउ परेका व्यक्तिलाई सामान्य सोधपुछ समेत नगरी सार्वजनिक गर्दा प्रहरीको अनुसन्धान प्रक्रिया कमजोर बनाएको वा गम्भीर प्रकृतिको हेलचक्राई भएको निश्कर्ष निकाल्दै धादिङ प्रहरी प्रमुख एसपी डम्बरबहादुर बिकलाई प्रधान कार्यालय तानेर अनुसन्धान अगाडि बढाएको हो  । 

चार किलो सुन नक्कली भएको तथ्य सार्वजनिक भएपछि उत्त घट्ना माथि छानविन थालिएको  प्रहरीले जनाएको छ । धातु साटफेर नभई एसपीले सामान्य अनुसन्धान नै नगरी सुन भनेर सार्वजनिक गर्दा समस्या भएको प्रारम्भिक छानबिन टोली निष्कर्ष पुगेको  जानकारी दिएको छ । 

सुन भनेर बरामद गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक धातु परीक्षणमा तामा र ढलोट भएको घटना एसपी बिकको लापारवाही भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । प्रहरीको अपराध अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय धादिङसँग स्पष्टीकरण समेत लिएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङले तीनजनालाई चार किलो सुनसहित पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाएको विवरण समेत लेखि पाठएको थियो । 

पछि परीक्षणका क्रममा सो धातु तामा र ढलोट भएको खुलेको कुरा बाहिर ल्याय पनि बरामद गरिएको सुन नै भएको र पछि चलखेल भएको आशंका गरिएको छ । प्रहरीले सुन भनेर बुझाएको अन्य धातु भएको खुलेपछि साटफेर भएको आशंका स्वयं राजस्व अनुसन्धान विभागका अधिकारीले नै गरेका   थिए  । 

प्रदेश ३ का डिआइजी दीपककुमार थापा भने प्रहरीको कुनै कमीकमजोरी नभएको दावी गर्छन । ‘वडाअध्यक्षकै रोहबरमा हामीले मुचुल्का गरेका हौंँ,’उनले भने, ‘धातु ठ्याक्कै सुनजस्तै देखिएकाले हामीले सुन भनेर सार्वजनिक गरेका हौँ ।’ सुन भनेर अरूलाई झुक्याएर बेच्न लागेको खुलेपछि तीनैजनालाई ठगी मुद्दामा कारबाही अघि बढाएको पनि डिआइजी थापाको दावी छ । धादिङ प्रहरीले सुन बरामद भएपछि उनलाई जानकारी दिएर पत्रकार सम्मेलन गरेको छ । सो सुन बरामद गर्न हेटौडाबाट छुट्टै टोली समेत खटिएपनि धादिङ प्रहरीले नै बराद गर्न सफल भएको प्रहरीको दावी छ।

सुरुमा अभियुक्तले केही नबोलेको र ल्याब रिपोर्ट आइसकेपछि मात्र नक्कली भएको बताएको इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर नवराज ढुंगेलले जानाकारी दिए  । प्रहरीले धादिङको गजुरीबाट १९ पुसमा बा.८७ प ७७३१ र प्रदेश ३, ०२–००३ प २५४० मा आएका रसुवाका २७ वर्षीय अजित वाइबा, नुवाकोट तार्केश्वरीका २२ वर्षीय सुरेन्द्र तामाङ र २४ वर्षीय विकास तामाङको साथबाट सुन बरामद गरेको थियो  ।

प्रहरीले चीनको युपिङग गोल्डका चारथान बिस्कुट बार बरामद गरेको हो । बरामद बिस्कुटको आकार प्रकार हेर्दा त्यो सुन नै हो । वाई १८५४७९, १८५२६६ र १८५४७५ र अर्को नम्बर नै नभएको जोहन्सन म्याथ्यू गोल्ड प्रहरीले बरामद गरेको देखिन्छ । यसमा वाई १८५२६६ नम्बरका बार यसअघि १९ भदौमा काठमाडौं प्रहरीले बरामद नक्कली सुनको समेत नम्बर हो । काठमाडौं प्रहरीले एकै नम्बरका दुई थान सुन बारसहित ६ जनालाई पक्राउ गरेको थियो ।

पक्राउपर्ने ब्यक्ति रसुवा र नुवाकोटको भएको र घटनास्थल रसुवा नाकाबाट तल झर्ने स्थानमा पर्दछ । माघ ८ गते डिआईजी थापा बरामद धातु सुन नभएको थाह पाएपछि ठगीमा कारवाही अघि बढाएको दाबी गर्छन । उनले सुनचाँदी व्यवसायीबाट आएको सूचनाका  आधारमा प्रदेशबाट प्रहरी खटाएको समेत उल्लेख गरे । यसमा डिआइजी थापा पनि झुक्किएका छन् । डिआईजी थापाका अनुसार सूचना आएपछि प्रहरी आफैँले ग्राहक बनेर सुन खरिदका लागि पहल गरेको थियो । यसका लागि सई बुद्धि चौधरीको टोली खटिएको थियो । सुन ल्याउने आरोपीले सुरुमा चितवन र त्यसपछि धादिङ बोलाएका थिए । सुन खरिद गर्न गएको टोलीले गल्छीबाट उनीहरुलाई पक्राउ गरेको थियो । सुचना डिआइजी थापासम्म पुगेपछि चार किलो सुन बरामद गर्न डिआइजी थापाको टोली पनि लागिपरेको थियो । सुन बरामद भएपछि भने डिआइजी थापाकै निर्देशनमा पत्रकार सम्मेलन गरिएको दावी गर्ने एसपी विक भने यतिबेला कारवाहीको दायरामा छन भने डिआइजी थापालाई भने उन्मुक्ति दिइएको छ ।

‘यी ठग हुन् । हाम्रै पहलमा ठगी मुद्दामा कारबाही भइरहेको छ,’ डिआईजी थापाले भने ‘आशंका गरिएजस्तो केही बदमासी भएको छैन, म जिम्मेवारी लिन्छ ु।’ 
प्रहरीले धादिङमा सार्वजनिक गरेको सुन नै विभागमा पठाएको सुनमा उल्लेख रहेको बार नम्बरले देखाउँछ । तर नक्कली सुन बनाउने गिरोहले एकै बार नम्बरका केयौं थान बनाउने भएकाले घटनामा असली सुन लुकाएर नक्कली सुन धादिङमै सार्वजनिक भएको अर्को शंका  गर्न थालिएको छ ।