आयुष्मान खुराना तथा विक्की कौशललाई नेशनल फिल्म अवार्ड

आयुष्मान खुराना तथा विक्की कौशललाई नेशनल फिल्म अवार्ड

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण २६, २०७६

काठमाडौं, एजेन्सी । सन् २०१८ को भारतको ६६ औं नेशनल फिल्म अवार्ड यसपटक आयुष्मान खुराना तथा विक्की कौशललाई संयुक्त रुपमा प्रदान गरिएको छ । 

‘अंधाधुन’ फिल्ममा उनको जर्बजस्त अभिनयलाई लिएर यसपटक नेशनल फिल्म अवार्ड दिइएको हो । त्यस्तै गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ का बाट विक्की कौशलले नेशनल फिल्म अवार्ड हात पारेका हुन् । 

अवार्ड जितेपछि आयुष्मानले आफ्नो इन्स्टाग्राम अकाउंटमा एउटा कविता शेयर गरेका छन् । कवितामा उनले आफ्नो अहिलेसम्मको सफरका बारेमा उल्लेख गरेका छन् । 

आयुष्मानको पछिल्लो वर्ष आएको फिल्म ‘बधाई हो’ ले पनि नेशनल अवार्ड जितेको छ । ‘बधाई हो’ ले बेस्ट पपुलर फिल्म होलसम इंटरटेनमेंट को अवार्ड जितेको हो । यसै फिल्मबाट अभिनेत्री सुरेखा सीकरीले  बेस्ट सपोर्टिंग एक्ट्रेसको अवार्ड जितेकी छन् ।