लोकसंवाद संवाददाता | समाचार | साउन २६, २०७६
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुर्गम क्षेत्रमा भएको हेलिकप्टर चार्टडको विषयलाई लिएर परेको उजुरीमा छानबीन गरी कारवाही गर्न २०७६ साउन १९ गते एक पत्र पठाएकाे छ ।
पत्रमा उजुरीकर्ता बाजिन्द्र बिष्टले खोटाङको सवाकटहरेमा सिकिस्त भएका बिरामी ल्याउनका लागि प्रभु हेलिकप्टरसँग कुरा गर्दा रु ३,१५,००० बाट बार्गेनिंग भई २,८५,००० मा सहमत भएको विषयलाई उजुरीमा समावेश गर्नु भएकाे छ ।
मन्त्रालयले उड्डयन प्राधिकरणलाई लेखेको पत्रमा आर ४४ समुहका हेलिकप्टरको चार्टर दर प्रतिघण्टा अमेरिकी डलर १००० भएकोमा प्रभुले बार्गेनिंग गरेको रकम मन्त्रालयले तोकेको दररेट भन्दा बढी हो कि होइन छानबिन गरि कतै दुर्गम क्षेत्रमा हुने हेलिकप्टर चार्टडको उडान बन्द गर्नुपर्ने भएमा तथा सबै सत्य तथ्य जाँच गरि मन्त्रालयमा पेश गर्न भनेको छ ।
यसअघि हिमाली क्षेत्रमा हुने फेक रेस्क्युका घटना पनि चर्चित रहेका छन् । यस सम्बन्धमा समिति गठन गरि प्रतिवेदन समेत तयार पारिएको छ ।