मापसे गरी सवारी चलाउने आठ हजार चालक प्रहरीकाे फन्दामा

मापसे गरी सवारी चलाउने आठ हजार चालक प्रहरीकाे फन्दामा

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २८, २०७६

श्रीलङ्का ।  मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा श्रीलङ्कामा आठ हजार जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले सुरु गरेको विषेश कारवाही अभियानका क्रममा पछिल्ला केही हप्तामा उनीहरु पक्राउ परेको अधिकारीहरुले जनाएका छन् ।

गत जुलाई ५ देखि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई कारबाही गर्ने विषेश अभियान देशव्यापी सञ्चालन गरेको छ ।

प्रहरीले   २०७६ साल २७ साउन सोमबार जारी गरेको वक्तव्यमा अहिलेसम्म ८ हजार १४७ जनालाई पक्राउ गरिएको उल्लेख छ ।

सवारी चालकहरुले मादक पदार्थ सेवा गरेको वा नगरेको परिक्षण गर्न देशभरीका सडकहरुमा हजारौँ प्रहरीको विषेश टोली खटाइएको छ ।

प्रहरी प्रवक्ता एसपी रुवान गुणसखरले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २५ हजार श्रीलङ्काली रूपैँया जरिवाना हुने जानकारी दिनुभयो ।

श्रीलङ्कामा गत बर्ष सवारी दुर्घटनाका कारणले मात्रै तीन हजार व्यक्तिको मृत्यु भएको तथ्याङ्क देखिएपछि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाउने नियमलाई कडाइका साथ कार्यान्वयन गराउन लागेको हो ।