बलात्कार पिडितले स्केच बनाएर अन्य १२०० भन्दा बढी अपराधी पक्राइन्

बलात्कार पिडितले स्केच बनाएर अन्य १२०० भन्दा बढी अपराधी पक्राइन्

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २८, २०७६

काठमाडौं, एजेन्सी । लस एन्जेल्सकी लुइस गिबसन २१ वर्षको उमेरमा बलात्कार भएकी थिइन् । बलात्कारीले उनलाई मरेको सम्झेर छोडेका थिए । तर, उनी बेहोश मात्र भएकी थिइन् । त्यसपछि उनले बलात्कारीलाई पक्रनका लागि स्केच आर्टिस्ट बनिन् । हाल ६९ वर्षीय लुइसले अहिलेसम्म १२०० भन्दा बढी अपराधीलाई पक्रनका लागि प्रहरीको मद्दत गरेकी छन् । 

यसका लागि उनलाई गिनीज बुक अफ वल्र्ड रेकर्ड पनि प्राप्त भएको छ । उनी भन्छिन, जब कुनै हत्या तथा बलात्कारको समाचार सुन्छु तब मलाई लाग्छ कि मैले केही मद्दत गनुपर्छ । 

बलात्कारको घटना पछि लुइस दुईहप्तासम्म घरमै बसिन् । त्यसको केही समयपछि उनी आर्टसको डिग्रीका लागि टेक्सस गईन् । त्यहाँ एकजना डांस इंस्ट्रक्टरले आफ्नो विद्यार्थीलाई बलात्कार गरेको बारेमा जानकारी पाईन् । त्यसपछि उनले प्रहरी चौकी गएर साक्षीलाई बोलाएर आरोपीको हुलिया सोधेर स्केच बनाएर प्रहरीलाई दिइन् । केही समयपछि उक्त स्केचको मद्दतले पुलिसले अपराधीलाई पक्राउ गर्न सफल भयो । उनले अहिलेसम्म १२०० सयभन्दा बढी आरोपीको स्केच बनाएर आरोपीलाई पक्रन मद्दत गरिसकेकी छन् । यसै समयमा उनले आफूलाई बलात्कार गर्ने अपराधीलाई पनि पक्राउ गराइन । 

लुईस केवल अरुले बताएको अनुमानका आधारमा स्केच गर्छिन । र, उनले गरेको सकेच यति सटीक हुने गर्छ कि अक्सर आरोपी पक्राउ परेका छन् । कति आरोपीले त आफ्नो स्केच देखेका आधारमा आत्मसमर्पण गरेका छन् ।