अमेरिकी दूतावासले दियो सन्दीप लामिछानेलाई भिसा

अमेरिकी दूतावासले दियो सन्दीप लामिछानेलाई भिसा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २८, २०७६

काठमाडौँ – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा अस्वीकृत गरेको तीन घन्टापछि बोलाएर फेरि भिसा दिएको छ । अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई मंगलबार बिहान भिसा दिएको थिएन ।

त्यसपछि उनले प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलाई मेन्सन गरेर आफू आश्चर्यमा परेको भन्दै ट्वीट गरेका थिए।

दूतावासले लामिछानेलाई बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय ‘रिभ्यू’ गर्नका लागि भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यू’ पछि दूतावासले उनलाई भिसा दिएको हो ।

लामिछाने अमेरिकामा हुने क्रिकेट प्रतिस्पर्धामा सहभागी हुनका लागि अमेरिका जाने तयारीमा छन्।