सानिमा ग्रुपले सुविधा सम्पन्न होटल अकामा सञ्चालनमा ल्यायाे

सानिमा ग्रुपले सुविधा सम्पन्न होटल अकामा सञ्चालनमा ल्यायाे

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २८, २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०  लाई लक्षित गरेर काठमाडौं  स्थित धुम्बाराहीमा दुई सय १६ बेडको   होटल अकामा सञ्चालनमा ल्याइएकाे छ । 

करिब दुई अर्ब नौ करोड रुपैयाँको लागतमा बनेकाे उक्त होटल सानिमा ग्रुपको लगानीमा निमार्ण  भएको हो।

होटलमा ९० डलर देखी ६ सय डलरसम्मको कोठाहरु उपलब्ध रहेको हाेटल  व्यावस्थापनले जनाएकाे  छ । व्यायमशाला, स्विमिङ पुल, रेष्टुरेन्ट, बार, कफि क्याफे, पार्टी,विवाह समारोह तथा बैठकका लागि पाँच सय जनासम्म अट्न सक्ने सभाहल सहित  पार्किङको सुविधा उक्त हाेटल उपलब्ध   रहेकोे छ।

होटलको नवौं तलामा रहेको चाइनिज–इटालिएन रेष्टुरेन्टमा नै बसेर मनोरम दृश्यको अवलोकन गर्न सकिने र अन्तराष्ट्रिय स्तरको खानाको स्वाद लिन पाइने छ ।   उक्त स्थानमा प्रतिक्षालय, कफि सप, पुल बार तथा रेष्टुरेन्टको व्यावस्था गरिएकाे छ। होटलमा प्रतिष्ठित साइबेक्सका उपकरण सहितको जिम क्लब पनि रहेको छ।

एक महिना भित्रमा पूर्ण  रुपमा सञ्चालनमा आउने  उक्त होटलमा स्थानीय नेवारी र हिमाली संस्कृति अनुसारकाे  स्वाद लिने व्यवस्था पनि रहेकाे छ।  'ओपनिङ अफर' को रुपमा होटलको रेष्टुँरामा २० प्रतिशतसम्म छुट दिइने हाेटल व्यवस्थापनले  जनाएको छ।

 विश्व सम्पदा सूचिमा सुचिकृत रहेका  पशुपतिनाथ, बौद्वनाथ लगायत अन्य पर्यटकीय गन्तव्यबाट नजिकै रहेको तथा विमानस्थलबाट छोटो दुरीमा रहेकाले याे होटल पर्यटकहरुको रोजाइमा पर्ने   होटेल  व्यवस्थापनले  अपेक्षा  गरेकाे  छ।

होटेल सञ्चालनमा आएपछि यसबाट प्रत्यक्ष रुपमा करिव एक सय ४० जनाले रोजगारी पाउने छन् ।