औषधि नखाई कोलेष्ट्रोल घटाउने उपायहरू

औषधि नखाई कोलेष्ट्रोल घटाउने उपायहरू

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  श्रावण २८, २०७६

रगतमा कोलेष्ट्रोल हुनु पर्ने भन्दा ज्यादा भयो भने मुटुरोग हुन सक्छ । मुटुरोग हुन नदिन नराम्रो कोलेष्ट्रोल बढन दिनु हुँदैन । रगतको कोलेष्ट्रोल बढन नदिन औषधि प्रयोग गर्नुका साथै खानपिनमा परहेज गर्नु अति आवश्यक छ । यस कुरामा विशेषज्ञहरुको दुई मत छैन ।

कोलेष्ट्रोल शरीरलाई आवश्यक पर्छ  । मानिसको शरीरलाई आवश्यक पर्ने हर्मोनहरु बन्न कोलेष्ट्रोल चाहिन्छ । भिटामिन डि र पित्त बन्न पनि कोलेष्ट्रोलको आवश्यक पर्छ । मस्तिष्कका कोषहरुलाई पनि कोलेष्ट्रोल चाहिँन्छ । शरीरलाई चाहिने २५ प्रतिशत कोलेष्ट्रोल खानाबाट आउँछ र बाकि कोलेष्ट्रोललाई कलेजोले बनाउछ । खानामा कोलेष्ट्रोलको मात्रा एकदमै कम गरियो भने शरीरलाई आवश्यक पर्ने कोलेष्ट्रोल कलेजोबाट बन्छ ।

रगतमा नराम्रो कोलेष्ट्रोल बढन नदिन कस्तो खाना खानु पर्छ भन्ने विषयमा सबैले जानकारी राख्नु पर्छ । अण्डा, चिज, माछा, भित्रिमासु र दही स्वथ्यकर खाद्य पदार्थ मानिन्छन् । यी उल्लेखित खानामा कोलेष्ट्रोल भएता पनि यसले स्वास्थलाई हानी पुरर्‍याउँदैन भन्ने कुरा हालै गरिएको अनुसन्धानहरुले देखाएका छन् ।

तारेको अथवा भुटेको खानामा नराम्रो चिल्लो पदार्थ अथार्त ट्रान्सफ्याटी एसिड हुन्छ । तेललाई धेरै तताउँदा तेल ट्रान्सफ्याटि एसिडमा परिणत हुन्छ । यस्तो चिल्लो पदार्थ भएको खाना खानेहरुको रगतमा नराम्रो कोलेष्ट्रोल (HDL-C)  बढछ र राम्रो कोलेष्ट्रोल (LDL-C)   घटछ । यसको फलस्वरुप मुटुलाई रक्त संचार गर्ने धमनीहरु सागुरिन्छन र मुटुरोग अर्थात हृदयघात हुन्छ । यसर्थ मुटुलाई स्वस्थ राखेर मुटुरोग हुन नदिन तारेको, भुटेको र पोलेको मासु नखाने सल्लाह दिइन्छ ।

पापडमा नून ज्यादा हुन्छ । ससेज र वेकनमा ज्यादा कोलेष्ट्रोल हुन्छ । यी खानाहरुले मुटुरोग गराउने सम्भावना हुन्छ । कुकिज, केक्स, आइसक्रिम पनि स्वास्थ्यको लागि हानिकारक खाना हुन् ।

बजारमा बेच्न राखिएका खाद्यपदार्थहरुमा ज्यादा चिल्लो, गुलियो र नून पाइन्छ । पापडमा नून ज्यादा हुन्छ । ससेज र वेकनमा ज्यादा कोलेष्ट्रोल हुन्छ । यी खानाहरुले मुटुरोग गराउने सम्भावना हुन्छ । कुकिज, केक्स, आइसक्रिम पनि स्वास्थ्यको लागि हानिकारक खाना हुन् ।

नियमित रुपले ताजा फलफूल र साग सब्जी खानेहरुलाई  मुटुरोग हुने सम्भावना कम हुन्छ । फलफुलमा फाइवर पाइन्छ । फाइवरयुक्त खाना खादा कोलेष्ट्रोल कम हुन्छ । फाइवर भएको खानाले कोलेष्ट्रोललाई आन्द्राबाट रगतमा जान दिँदैन ।

मोटो हुँदा धेरै किसिमका रोगहरु लाग्न सक्छन् । खानामा नियन्त्रण र व्यायाम गर्दा मोटोपन कम गराउन सकिन्छ । तौल घटाउँदा नराम्रो कोलेष्ट्रोल कम र राम्रो कोलेष्ट्रोल बढ्छ । धुम्रपान गर्न छाडदा पनि नराम्रो कोलेष्ट्रोल घट्ने र राम्रो कोलेष्ट्रोल बढ्ने गर्छ । यसर्थ धुम्रपान गर्नेहरुले धुम्रपान छाड्नु पर्छ ।

नियमित व्यायाम गर्नेहरुको नराम्रो कोलेष्ट्रोल घटछ र राम्रो कोलेष्ट्रोल बढ्छ । व्यायामले मुटुरोग हुँन दिँदैन । यसर्थ कमसेकम दिनहुँ आधा घण्टा हिड्ने गर्नु स्वास्थ्यको लागि राम्रो हो ।

माछामा खास गरेर साल्मोन माछामा ओमेगा–३ फ्याटीएसीड पाइन्छ । माछाको तेलको क्याप्सुल पनि उपलब्ध छ । ओमेगा–३ भएको माछा अथवा माछाको तेलको क्याप्सुल खाँदा नराम्रो कोलेष्ट्रोल कम हुन्छ भने राम्रो कोलेष्ट्रोल बढ्छ ।

चिया खास गरेर ग्रिनटी खाँदा कस्तो असर पर्छ  भन्ने विषयमा विशेषज्ञहरुले धेरै अनुसन्धान गरेका छन् । चिया खानेहरुमा पक्षाघात र यसबाट हुने मृत्यु कम भएको पाइएको छ । ग्रिनटी खानेहरुमा नराम्रो कोलेष्ट्रोल कम हुन्छ । तर ट्राइग्लिसेरायड बढ्छ । यसले राम्रो कोलेष्ट्रोलमा कुनै किसिमको प्रभाव पार्दैन । समग्रमा भन्ने हो भने ग्रिनटीले  स्वास्थ्यलाई राम्रै गर्छ ।

ओखर र अल्मोण्डले नराम्रो कोलेष्ट्रोल (LDL-C)    लाई कम गराएर मुटुरोग  हुन दिँदेन भन्ने कुरा अनुसन्धानहरुले देखाएका छन् ।यसर्थ ओखर र अल्मोण्ड नियमित रुपले खादा मुटुरोगबाट बच्न सकिन्छ । 

नराम्रो कोलेष्ट्रोल ज्यादा भएका र मुटुरोग हुने सम्भावना धेरै भएका व्यक्तिहरुले खानामा परहेज गरेर र आवश्यक परे औषधि खाएर नराम्रो कोलेष्ट्रोल घटाउनु पर्छ । स्याचुरेटेड फ्याटी एसिड ज्यादा हुने नरिवलको तेल, घ्यू, वोसो र खसीको मासु जस्ता खाद्य पदार्थहरु पनि खानु हुँदैन । 

याे पनि

कोलेष्ट्रोलको कहानीः खरायाेमा प्रभाव देखिने, कुकुरमा नदेखिने

रगतमा बढेको कोलेष्ट्रोल कसरी घटाउने ?