क्रिकेटको सबैभन्दा तेज गतिको बल

क्रिकेटको सबैभन्दा तेज गतिको बल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २८, २०७६

काठमाडौं, एजेन्सी । पाकिस्तानको पञ्जाव प्रान्तस्थित रावलपिण्डीमा जन्मिएका शोएव अख्तरले क्रिकेटको इतिहासमा सबैभन्दा तेज गतिको बल फालेका थिए । १०० वर्ष पुरानो इतिहासमा उनले १०० माइल भन्दा बढी गतिका साथ बलिञ गरेका थिए । 

रावलपिण्डी एक्सप्रेसका नामले चिनिने उनी इंग्ल्याण्डका विरुद्ध १६१.३ किमि प्रतिघण्टाका दरले बलिञ गरेका थिए । यो नै अहिलेसम्म मापन गरिएको सबैभन्दा बढी गति हो । हुनत यो बलमा उनलाई विकेट नमिलेपनि यो बल नै क्रिकेटको इतिहासको सबैभन्दा बढी गतिको बलको रुपमा रेकर्ड भएको छ । 

हुनत वेस्टइंडीज के एंडी रेबर्ट्स, जोल गार्नर, केलिन क्राफ्ट तथा माइकल होल्डिंग पनि चर्चित तेजबलर हुन् । तर यो सन् १९९८ अघिको कुरा हो । सन् १९९८ मा मात्र स्पिडोमिटरको प्रयोग भएपछि मात्र बलको गति मापन गर्न थालिएको हो । 

शोयबको यो बलिञ भने सन् २००३ मा इंग्ल्याण्ड विरुद्धको हो । शोएब अख्तर पछि शन टैट, जेफ थमसन तथा ब्रेट ली ले पनि १६० किमि प््तिघण्टाका बल फालेका छन् ।