राम रहीमको जन्मदिनमा १३ बोरा चिठी

राम रहीमको जन्मदिनमा १३ बोरा चिठी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २९, २०७६

काठमाडौं, एजेन्सी ।भारतको सुनारिया जेलमा जन्मकैदको सजाय भोगिरहेका बाबा राम रहीम अहिले हुलाक विभाग तथा प्रशासनका लागि टाउको दुखाईको विषय बनेका छन् । १५ अगस्टमा रहेको उनको जन्मदिनका अवसरमा दैनिक हजार भन्दा बढी राखि तथा शुमकामना पत्र हुलाक अफिसमा आउने गरेको छ । 

हुलाक विभागका अनुसार ११ दिनमा प्राप्त करीब ८ हजार चिठीलाई १३ वटा बोरामा रखेर जेल प्रशासनलाई सुम्पिएको छ । यसका लागि कर्मचारीले धेरै नै खट्नु परेको छ । बधाई पत्रहरु हरियाणा, पंजाब, दिल्ली, हिमाचल, उत्तराखंड तथा अन्य राज्यबाट समेत प्राप्त भएका छन् । यसमा केही अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त पत्रहरु पनि छन् । पत्रमा कैदी नं तथा ब्यारेक उल्लेख नभई केवल संत डा. राम रहीम सिंह इंसा, सुनारिया जेल मात्रै लेखिएको हुन्छ । 

प्राप्त भएको राखि तथा चिठी ६ किमि टाढा जेलको हुलाकमा पठाउने गरिएको छ । दुई जना कर्मचारी चिठी छाँट्नका लागि मात्र खटाइएको छ भने उनीहरुले नै बाइकबाट चिठी पुर्याउने काम पनि गर्छन् । जेल प्रशासनले यी चिठीहरु स्क्यानिञ गरेर मात्र राम रहीमसम्म पुर्याउने गरेको छ । 

राम रहीमले भने पत्र पढिसकेपछि फिर्ता गर्ने गरेका छन् । कुनै पत्रको भने उनले जवाफ पनि दिने गरेका छन् । पछिल्लो वर्षको अगस्टमा राम रहीमको नाममा एक टन चिठी तथा राखि आएका थिए ।