सिइओ र सञ्चालकको उमेर हदलाई सर्वोच्चले उल्ट्यायो

सिइओ र सञ्चालकको उमेर हदलाई सर्वोच्चले उल्ट्यायो

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २९, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २० मा तोकेको सिइओ र सञ्चालकको उमेर हदलाई सर्वोच्चले विपक्षमा निर्णय गरेको छ । उक्त निर्णयका कारण प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले पद गुमाएपछि सर्वोच्चमा रिट दायर गरेका थिए । 

उक्त निर्णयका विरुद्धमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको सिइओको उमेर हद तोक्नु ऐन विपरित भएको ठहर गरेको छ । 

सर्वोच्चको निर्णयले नेपाल राष्ट्र बैंकको निर्देशिकाका कारण पद गुमाएका सबै सिइओ र सञ्चालकका लागि बाटो खुला गरेको छ । सर्वोच्चले राष्ट्र बैंकलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न समेत निर्देशन दिएको छ ।