अल्कोहल सेवन गर्नेलाई एप्सले समाउने

अल्कोहल सेवन गर्नेलाई एप्सले समाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २९, २०७६

काठमाडौं, एजेन्सी । अब प्रविधिको विकासले चाँडै नै अल्कोहल सेवन गरेका मानिसले अफिसमा प्रवेश नपाउने भएका छन् । चेन्नईको रैमको कंपनीले एउटा फेशियल रिकग्निशन अटेंडेंस सिस्टम तयार गरेको छ । जसले श्वासको गति हेरेर मानिसले अल्कोहल सेवन गरेको नगरेको पत्ता लगाउँछ । फेशियल रिकग्निशन अटेंडेंस सिस्टममा ब्रेथ एनालाइजरको प्रयोग गरिएको छ । जसले कर्मचारीको मुहार तथा श्वासको विश्लेषण गरेर अल्कोहल सेवन गरेको बारेमा कंपनीको कर्मचारी व्यवस्थापनलाई जानकारी गराउनेछ । 

ब्रेथ एनालाइजरले सत प्रतिशत सही परिणाम दिने दावी कंपनीले गरेको छ । यसले नशा गरेर अफिसमा आउने सम्भावनालाई पूर्ण नियन्त्रण गर्छ । 

कंपनीका सीईओ, विरेन्द्र अग्रवालका अनुसार, लागु औषध नियन्त्रणमा पनि यस्तो खालको सफ्टवेयर बनाउने काम गरेको छ ।