संसारको सबैभन्दा ठूलो भ्यागुतो गोलियथ

संसारको सबैभन्दा ठूलो भ्यागुतो गोलियथ

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २९, २०७६

काठमाडौं, एजेन्सी । संसारको सबैभन्दा ठूलो भ्यागुतो गोलियथका बारेमा नयाँ जानकारी प्राप्त भएको छ । नयाँ जानकारीका अनुसार उसले बस्नका लागि आफैं तलाउको निर्माण गर्ने गर्छ । जर्नल अफ नेचुरल हिस्ट्रीका अनुसार  यो अफ्रीकन प्रजातिको भ्यागुतोको विशेषता भनेको नै तलाउमा निर्माण गर्नु हो । 

नेचुरल हिस्ट्री म्यूजियम, बर्लिनका शोधकर्ता मार्विन शेफरले यसको व्यवहार जान्नका लागि जंगलमा टाइमल्याप्स क्यमरा लगाएका थिए । यो प्रयोगका लागि उनले भ्यागुतोलाई जमिनमा लगेर छोडिदिए । भिडियोमा के पुष्टि भयो भने यसले तलाउ बनाएको पाइयो । तलाउ बनाउनका लागि उसले २ किलोको ढुंगासम्म हटाएको पनि पाइयो । 

यो भ्यागुतोको तौल ३.३ किलो तथा लम्बाई ३४ सेन्टिमिटरसम्म हुने गरेको छ । यसमा यसको खुट्टा समावेश गरिएको छैन् । शोधकर्ता मार्विन शेफका अनुसार, ठूलो हुनुको साथै यसको आफ्नो बच्चालाई हेर्ने तरिका पनि बेग्लै छ । यसले अरु भ्यागुताले जस्तो ‘भोकल सेक’बाट नभएर मुख खोलेर कराउने काम गर्छ ।