फिल्म मिशन मंगलको सोशल मिडियामा तारिफै तारिफ

फिल्म मिशन मंगलको सोशल मिडियामा तारिफै तारिफ

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३०, २०७६

काठमाडौं, एजेन्सी । अभिनेता अक्षय कुमार तथा अभिनेत्री विद्या बालन अभिनीत फिल्म मिशन मंगलको सोशल मिडियामा तारिफै तारिफ देखिएको छ । फिल्म मिशन मंगल सन् २०१३ मा लंच गरिएको मंगलयान मार्स अर्बिटर मिशनमा आधारित छ । 

फिल्म समीक्षकहरुले पनि फिल्म मिशन मंगलको खुलेर प्रशंशा गरिरहेका छन् । सोशल मिडियामा यो फिल्मलाई लिएर बधाई दिनको बाढी नै आएको छ । 

मिशन मंगलमा अक्षय कुमारले राकेश धवनको भूमिका निभाएका छन् । ट्रेलरमा उनी मिशन फेल हुँदा लड्डू खाँदै गरेका देखिन्छन् । उनी एक रसिक वैज्ञानिक हुन् तर मन मस्तिष्कले काम गर्छन् । उनलाई मंगलयान मिशनमा काम गर्नका लागि विद्या बालनको उत्साहले प्रेरित गर्छ । फिल्ममा वैज्ञानिकले चुनौती स्वीकार गर्दै कसरी उद्येश्य पूर्ति गर्छन भन्ने देखाइएको छ । 

फिल्ममा अक्षय, विद्याका अलावा तापसी पन्नू, कीर्ति कुलहरी, सोनाक्षी सिन्हा, नित्या मेनन तथा शर्मन जोशीले पनि अहं भूमिका निभाएका छन् । 

फिल्ममा पहिले आफ्नो उद्येश्यमा त्यति गम्भिर नभएको टोलीले पछि असम्भव जस्तै लाग्ने काम पनि सरल ढंगले गरेको देखाइएको छ ।