सुनको मूल्य अहिलेसम्मको उच्च,  प्रतितोला ७१ हजार ५०० पुग्याे

सुनको मूल्य अहिलेसम्मको उच्च,  प्रतितोला ७१ हजार ५०० पुग्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ३०, २०७६

काठमाडाैँ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा २०७६ साउन ३० गते बिहिबार एकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ । 

बुधबार छापावाला सुन  ७० हजार ३०० रूपयाँमा कारोबार भएकोमा बिहिबार  प्रतितोला  ७१ हजार ५००  रूपयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला  एक हजार २०० रूपयाँ ले नै बढेको छ । तेजाबी सुन आज प्रतितोला  ७१ हजार २००  रूपयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला  ७० हजार रूपयाँमा कारोबार भएको थियो । यो सुनको मूल्य अहिलेसम्मको उच्च हो । 

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला  २० ले वृद्धि भएर रु ८४० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । 

 चीन–अमेरिका व्यापार टकराव तथा अमेरिका–इरानबीच देखिएको विवादका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको बताइएको छ ।