समाचार प्रति नेपाली सेनाकाे ध्यानाकर्षण (विज्ञप्ती सहित)

समाचार प्रति नेपाली सेनाकाे ध्यानाकर्षण  (विज्ञप्ती सहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३१, २०७६

काठमाडौं । नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले नक्कली प्रमाण पत्र र नागरिकता कीर्ते प्रकरणमा छानविनको दायरामा रहेका दुई जर्नेलको नाम सहित समाचार  सार्वजनिक भएपछि असन्तुष्टि जनाएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेनाको जंगी अड्डाले नाम नै किटान गरी प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

सेनाले उसका दुई उच्च अधिकृतको शैक्षिक प्रमाण पत्र र नागरिकतामा बेग्लै जन्म मिति फेलापरेपछि छानविन थालेको थियो ।

‘नियमित प्रक्रिया अनुसार भइरहेको काम कारबाहीमा व्यक्तिको नाम उल्लेख गरी सूचना प्रवाह गर्दा व्यक्तिगत मर्यादामा आँच आउने हुँदा त्यस प्रकारको समाचारहरु सम्प्रेषण गर्दा संवेदनशील हुन सेना हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा सेनाबाट सकल दर्जाको नागरिकता, शैक्षिक प्रमाणपत्रलगायत सबै कागजातहरुको छानविन प्रक्रिया नियमति नै रहेको पनि भनिएको छ ।