प्लास्टिकको वर्षा !

प्लास्टिकको वर्षा !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३१, २०७६

काठमाडौं, एजेन्सी । हालै अमेरिकामा गरिएको एक अध्ययनअनुसार प्लास्टिक कणसहितको वर्षा भइरहेको भेटिएको छ । अमेरिकी विभागका वैज्ञानिक तथा अमेरिकी भूगर्भीय संस्थाको सर्वेक्षणमा यो देखिएको हो । 

वैज्ञानिकहरुले नांगो आँखाले प्लास्टिक देख्न नसकेपछि माइक्रोस्कोप र डीजिटल क्यामराको माध्यमबाट वर्षामा प्लास्टिकको कण देखिएको हो । सर्वेक्षणमा ९० प्रतिशत प्लास्टिकका कण भेटिएका थिए भने जसमा प्लास्टिक फाइबरको मात्रा बढी थियो। सर्वेक्षणअनुसार ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी मात्रामा प्लास्टिक  कण भेटिएको छ।

पहाडी क्षेत्रको समुद्री सतहबाट १०४०० फीटको उचाइमा संकलन गरिएको पानीमा     प्लास्टिकका कणहरु भेटिएका छन्। यद्यपि यो स्पष्ट हुन नसकेपनि  प्लास्टिक कहाँबाट आयो भन्ने कुरा सोचनीय विषय भएको छ।पछिल्लो समयमा प्लास्टिकको बढ्दो प्रयोग विश्वमै गम्भीर समस्या भएको छ।

यस अध्ययनपछि विभिन्न प्रश्नहरु उठिरहेका छन् कि हावा, पानी र माटोमा कति प्लास्टिक जम्मा हुँदैछ। यसअघि वैज्ञानिकहरुले वर्षामा प्लास्टिकका स–साना कणहरु पत्ता लगाएका थिए। दक्षिणी फ्रान्समा वैज्ञानिकहरुले वर्षासँगै प्लास्टिकका कण खसेको देखेका थिए।त्यतिबेला समुद्रमा कयौं प्लास्टिकका टुक्राहरु तैरिरहेको भेटिएको थियो।

एक अर्को अध्ययनका अनुसार मानिसले प्रत्येक हप्तामा ५ ग्राम प्लास्टिक  खाँदैछन् जुन एक क्रेडिट कार्डको तौल बराबर हुन्छ। सर्वेक्षणमा सहभागी एक सोधकर्ता वीदरबीले भनेका छन्,  सबैभन्दा महत्वपूर्ण कुरा यस अध्ययनबाट बाहिर आएको छ जुन हामीले देख्न सक्नेभन्दा बढी प्लास्टिक जताततै छ। यो वर्षामा छ, हिउँमा छ र यो वातावरणको एक हिस्सा नै बनेको छ।