लोकसंवाद संवाददाता | साहित्य | श्रावण ३२, २०७६
एक
मैले मेचीभन्दा तिमी महाकाली भन
हिमालदेखि तराइको सम्हालेर मन ।
रहर हो उंचनीच नभएको देश
देख्न पाउँ वरिपरि अरूभन्दा वेश
चारैतिर उर्लिएर जय नेपाल भन
हिमालदेखि .......................।
आफ्नो मात्र कुरा गर्नु उच्च देश घात
कहाँ जुट्छ त्यसो गरे सप्तरङ्गी हात
पन्छाएर द्रोहीलाई जय नेपाल भन
हिमालदेखि ...........................।
दुई
भन मलाई कहाँ आयो हाम्रो लोकतन्त्र
लाग्छ आज बिर्सिएछौँ आन्दोलनको मन्त्र ।
यता जान्छु अनाचार उता पनि उस्तै
सत्य लाग्छ कहिले त सकिएछ पुस्तै ।
भर गरी सुस्ताएर बस्ने माटो छैन
सबै छामे छातीहरू अँट्ने पाटो छैन ।
यौटा यस्तो बाटो रोजौँ जहाँ हिँड्छन् सारा
बराबरी मात्रै रहोस् जिन्दगीको नारा ।