‘भीआर हेडसेट’  प्रसव पीडा कम गर्ने नयाँ विधि !

‘भीआर हेडसेट’  प्रसव पीडा कम गर्ने नयाँ विधि !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ १, २०७६

बेलायत ।  बेलायतमा वेल्सको एक अस्पतालले गर्भवती महिलाको पिडा कम गर्न एउटा नयाँ  विधिलाई प्रचलनमा ल्याउन थालिएको  ।  

नेशनल हेल्थ सर्भिसले उक्त अस्पतालमा डेलिभरीका लागि आउने महिलालाई भर्चुअल रियालिटी (भिआर) हेडसेट लगाउने सुविधा प्रदान गर्न थालेको हो । याे विधि  प्रचलनमा ल्याउनुको उद्देश्य लेबर रुममा जानुभन्दा पहिले गर्भवती महिलाको ध्यान दुखाई बाट अनेत्र लैजानु रहेको  छ । 

महिलाहरूलाई सात मिनेट हेडसेट लगाउन दिइने  गरेको छ । यो सात मिनेटमा गर्भवतीलाई रमाइला घटना जस्तो कि उत्तरी ध्रुवमा हुने बिजुली चम्काई, मङ्गल ग्रहको यात्रा तथा पेंगुइनका साथ रहेको अनुभव गराइन्छ । यसका अतिरिक्त मन शान्त हुने सङ्गीत पनि सुनाउने उक्त्त  विधि अपनाउने गरिएको छ ।  

अब यसलाई वेल्सको सबै अस्पतालमा लागु गरिनेछ । वेल्सको कार्डिफ विश्वविद्यालयमा यस विषयमा शोध कार्य पनि  सम्पन्न भइसकेको छ । यो शोधले हेडसेट लगाएका गर्भवती महिला प्रसवको समयमा धेरै शान्त भएको पाइएको अध्ययनको  निष्कर्ष रहेको  छ ।