अब  मन्दिरकाे पुजारी पनि रोबोट !

अब  मन्दिरकाे पुजारी पनि रोबोट !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १, २०७६

 जापान ।   जापानको क्योटोस्थित एउटा ४ सय वर्ष पुरानो  कोदाइजी  मन्दिरमा रोबोटलाई पुजारीका रुपमा तैनाथ गरिएको छ ।

रोबोटको विशेषता के हो भने उसले मन्दिरमा आउने भक्तजनहरुलाई दया तथा करुणाको सन्देश प्रवाह गरिरहन्छ ।

मन्दिरमा रहेका अन्य पुजारीले रोबोट पुजारीलाई सहयोग गर्छन् । कृतिम बौद्धिकता  (एआई) का कारण आगामी दिनमा रोबोट अझ अधिक बुद्धिमान हुने पनि उनीहरुको विश्वास रहँदै   आएकाे छ । 

मन्दिरमा रोबोट पुजारी राख्ने विषयमा पुजारी तथा स्थानीयबीच निकै विवाद पनि भएको थियो । तर, पछि यो विषयमा सहमति बन्यो र अन्ततः मन्दिरमा रोबोट पुजारी राख्ने सहमति भएकाे थियाे ।

कोदाइजी मन्दिरका पुजारी थेनसे गोटो भन्छन, ‘यो रोबोट कहिले मर्दैन । समयसँगै यसले आफूमा सुधार ल्याउनेछ भने बदलिंदो समयसँगै आफूलाई प्रासंगिक बनाउनेछ । यो नै यस रोबोटको विशेषता हो । बदलिंदो बौद्धधर्मसँगै यसले आफ्नो ज्ञानमा वृद्धि गर्नेछ तथा सँधै समयसँगै हिंडनेछ ।’