स्वर्गीय पुडासैनीकी श्रीमतीले तीनै जनाविरुद्ध किटानी जाहेरी दिने

स्वर्गीय पुडासैनीकी श्रीमतीले तीनै जनाविरुद्ध किटानी जाहेरी दिने

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ १, २०७६

काठमाडौं: पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने र युवराज कँडेल तथा नर्स अस्मिता कार्कीविरुद्ध स्व. पुडासैनीकी श्रीमतीले किटानी जाहेरी दिने भएकी छन् ।

पत्रकार पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले आफू काठमाडौं प्रहरी परिसरमा किटानी जाहेरी दिन आउँदै गरेको बताएकी छन् । जाहेरी दर्ता भइनसकेको तर परिवारका सदस्यहरू जाहेरी दिन आउने सूचना आएको  काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

पुडासैनीले आत्महत्या गर्नुअघि लामिछाने, कँडेल र कार्कीले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गर्दै भिडियो रेकर्ड गरेका थिए । सोही आधारमा अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।